site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
झुलाघाट नाका १० महिनापछि नियमितरुपमा आजबाट सञ्चालनमा आउँदै
Sarbottam CementSarbottam Cement

बैतडी । भारतसँग जोडिएको बैतडीको झुलाघाट नाका १० महिनापछि नियमित सञ्चालनमा आजबाट आउने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले सूचना जारी गर्दै आजदेखि सञ्चालनमा आउने जानकारी दिएको हो ।

सरकारले नाका सञ्चालनमा गर्ने निर्णयअनुसार नै नाका सञ्चालनको तयारी भएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत शिवराज जोशीले बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले यसअघि गत शुक्रबारदेखि नै देशका ३० नाका सञ्चालन गर्ने निर्णय गरेको थियो तर भारतीय पक्षको ढिलाइका कारण एक हप्तापछि नाका सञ्चालनमा आउन लागेको हो ।

नाकामा आवतजावत गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डको भने पालना गर्नुपर्नेछ । 

Global Ime bank

भारतीय पक्षले सहमति जनाएपछि शुक्रबार पनि नाकामा आवतजावत भएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले गत चैतदेखि नै अन्तर्राष्ट्रिय नाका बन्द गरेको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  ०८:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC