site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बन्दमा १८८ जना पक्राउ, ८६ गाडीमा तोडफोड
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले गरेको हड्तालका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । गृह मन्त्रालयले यातायातसहित कलकारखाना, उद्योगधन्दा सञ्चालन गर्न आग्रह गरेको थियो ।

राजधानी काठमाडौंमा ट्याक्सी र मोटरसाइकललगायत साना सवारी सञ्चालन भए पनि ठूला सवारी भने सञ्चालन हुन सकेन । बजार, पसल भने दिनभर बन्द नै रह्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

राजधानीबाहिर भने उपत्यकामा जस्तो बन्दको ठूलो प्रभाव नपरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार आज साविकको तुलनामा झन्डै ४५ प्रतिशत सवारी सञ्चालन भएको जानकारी दिए । धेरै जिल्लाबाट सुरक्षा सतर्कताका साथ ढुवानी र यात्रीवाहक सवारी काठमाडौं भित्रिएका प्रहरीले जनाएको छ ।

बन्दका क्रममा सवारी सञ्चालन गरेको भन्दै बन्दकर्ताले काठमाडौंको सामाखुसीमा आज बिहानै एउटा ट्याक्सीमा आगजनी गरेका थिए । प्रहरीका अनुसार मुलुकभर गरेर एउटा गाडीमा आगजनी गरिएको र ८६ वटा गाडीमा तोडफोड भएको छ । त्यसमध्ये तीनवटा सरकारी गाडी रहेको प्रहरीले जनाएको छ ।

Global Ime bank

प्रदर्शन तथा तोडफोडमा उत्रिएका १८८ व्यक्ति पक्राउ परेका र छानबिनपछि ४० जनालाई छाडिएको प्रहरी प्रवक्ता कुँवरले जानकारी दिए । अन्यको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।

सरकारले आवश्यक सुरक्षा व्यवस्था मिलाएको भन्दै निर्वाध रुपमा सवारी तथा उद्योग, व्यवसाय सञ्चालन गर्न सर्वसाधारणमा अनुरोध गरेको थियो । नागरिकको संविधानप्रदत्त हकको निर्वाध उपयोग गर्न पाउने अधिकारको सम्मान गर्न पनि सम्बद्ध पक्षसँग अनुरोध गरिएको थियो ।

गृह मन्त्रालयले शान्ति–सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबर्जस्तीलगायत अवाञ्छित गतिविधिमा संलग्न हुनेविरुद्ध कानुनी कारबाही गरिने जनाइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७  १९:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC