site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आर्मीविरुद्ध बलिङ गर्दै एपीएफ
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत फाइनल खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफले प्रतिस्पर्धा गर्दै छन् । र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा एपीएपफले टस जितेर पहिले बलिङ गर्ने भएको छ । एपीएफविरुद्ध आर्मीले केही बेरमा ब्याटिङ थाल्नेछ । 

आजको खेलमा दुबै टोली उपाधि जित्ने योजनामा रहेका छन् । चौथोपटक फाइनलमा पुगेको आर्मी क्लब योपटक भने उपाधि आफ्नो पक्षमा पार्ने योजनामा छ । आर्मीले पहिलो सिजन नेपाल पुलिस क्लबसँग उपाधि बाँडेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

एपीएफ यो सिजनको प्रतियोगितामा अपराजित टोली हो । समूह चरणको चार खेल र एक सेमिफाइनलको खेलमा एपीएफ अपराजित रहेको छ । 

आजको खेलमा पनि सहज जित निकाल्दै उपाधि रक्षा गर्ने योजनामा एपीएफ रहेको छ ।  

Global Ime bank

एपीएफका कप्तान शरद भेषावकर र आर्मीका कप्तान विनोद भण्डारी दुवै उपाधि जित्नेमा आशावादी छन् । आर्मीका कप्तान विनोदले चौथोपटक उपाधिका लागि फाइनलमा मैदान प्रवेश गर्दा आफूहरूको नजर उपाधिमा रहेको बताए । 

प्रतियोगिताको विजेताले १० लाख रुपैया पाउनेछ । त्यस्तै उपविजेताले टोलीले पाँच लाख पाउनेछ । प्रतियोगिताको प्लेयर अफ दि सिरिजले ५० हजार प्राप्त गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १७, २०७७  ०८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC