site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
 तत्काल संगीत रोयल्टी वितरण नहुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । संगीत तथा रोयल्टी संकलन समाज नेपालले तत्काल रोयल्टी वितरण नगर्ने भएको छ । यातायात तथा विभिन्न क्षेत्रबाट संकलित रकम तत्काल बाँड्ने योजना नरहेको संगीत तथा रोयल्टी संकलन समाज नेपालले जनाएको छ । 

पूर्वाधार विकासमा रोयल्टी खर्च गर्ने वर्तमान कार्यसमितिको योजना छ । “सुरुआती चरणमा छौं । हामीलाई सरकारले सहयोग गरेको छैन । वितरणका लागि वैज्ञानिक मापदण्ड पनि छैन,” संगीत तथा रोयल्टी संकलन समाज नेपालका अध्यक्ष महेश खड्का भन्छन्, “रोयल्टी उठ्नवित्तिकै बाँड्नुपर्छ भन्ने छैन । डाटा कलेक्सनका लागि सफ्टवेर बनाउन सरकारी तथा गैरसरकारी निकायबाट एकलाख रुपैयाँ पनि कसैले दिएको छैन । यस्तो अवस्थामा उठेको रकम तत्काल बाँडीहाल्नेभन्दा पनि पूर्वाधार निर्माणमा खर्च गर्नुपर्छ भन्नेमा मेरो जोड छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

संकलित रकम तत्काल वितरण गर्नुपर्छ भन्ने दबाब दिनु भनेको सुरुआती चरणमा रहेको रोयल्टी संकलन समाजलाई समाप्त पार्ने खेल भएको अध्यक्ष खड्काको बुझाइ छ । 

समाज पहिला आफैंमा भौतिक पूर्वाधार सम्पन्न हुनुपर्नेमा उनको जोड छ । रोयल्टी संकलन समाजमा अहिले १ करोड २५ लाख रुपैयाँ संकलन भएर बसेको छ । संकलन भएको रोयल्टी के आधारमा कसलाई वितरण गर्ने भन्ने वैज्ञानिक मापदण्ड नभएकाले समाजले स्रस्टालाई वितरण गर्न सकेको छैन । यद्यपि कलेक्सन र वितरणको एउटा मापदण्ड भनेको बनिसकेको उनी बताउँछन् । 

Global Ime bank

“कोरोनाका कारण करिब नौ महिना रोयल्टी उठ्न सकेन । यो समयमा पनि हामीले कर्मचारीलाई तलब दिनुपर्यो । समाज बसेको घरको भाडा तिनुपर्यो,” अध्यक्ष खड्का भन्छन्, “यो स्वायत्त संस्था हो । संगीत तथा नाट्य प्रतिष्ठानलाई जस्तो सरकारले बजेट दिँदैन । त्यसैले यसलाई कसरी बलियो बनाउने हामी आफैंले सोच्नु पर्छ । भोलि डेरा भाडा तिर्नै सकिएन भने संस्था नै बन्द हुन्छ ।”

यद्यपि केही महिनाभित्र बस्ने साधारणसभाले यसबारे अन्तिम निर्णय गर्ने अध्यक्ष खड्का बताउँछन् । यदि साधारणसभाले पूर्वाधार निर्माणमा खर्च नगर्ने भन्दै वितरण गर्ने निर्णय गरे समाजले त्यसलाई स्वीकार गर्ने जानकारी दिए । माघ २६ गते वर्तमान कार्यसमितिको कार्यकाल सकिँदैछ । कार्यसमितिले कार्यकाल सकिएको बढीमा छ महिनासम्म साधारणसभा गरिसक्नुपर्छ ।

तस्बिर : महेश खड्काको फेसबुकबाट
   

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७७  १७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC