खेल
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले कतारसँग ‘बाइल्याट्रल’ टी–ट्वान्टी सिरिज खेल्ने भएको छ । कतार क्रिकेट एसोसिएसनले आयोजना गर्ने सिरिज आउँदो फेब्रुवरी ९ देखि १२ तारिखसम्म हुनेछ ।
नेपाल क्रिकेट संघ (क्यान)को मंगलबार बसेको बोर्ड बैठकले बाइल्याट्रल टी–ट्वान्टी सिरिजमा सहभागिता जनाउने निर्णय गरेको हो ।
सिरिज कतार स्पोर्ट्स डेको अवसरमा हुन लागेको हो । नेपाली टोलीका मुख्य प्रशिक्षक देभ ह्वाटमोरका लागि यो पहिलो प्रतियोगिता हुनेछ ।
फेब्रुवरी १ बाट नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु गरिने जनाइएको छ ।
फाइल तस्बिर ।
प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७ २१:५३
प्रतिक्रिया दिनुहोस्