काठमाडौं । नसबैभन्दा लामो क्रिकेट प्रतियोगिता नाईन्टी सिक्स ट्रफी हुने भएको छ । नेपालमा हालसम्मकै लामो क्रिकेट प्रतियोगता हुन लागेको हो ।
नाइर्नन्टी सिक्स इभेन्ट्स प्राइभेट लिमिटेडले गर्न लागेको उक्त यू–१९ क्रिकेट प्रतियोगितालाई दुईदिवसीय अवधारणामा खेलाइने छ ।
नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा पाईला चालेको वर्षलाई समर्पित यसलाई सिजनको रुपमासमेत लिन सकिन्छ । जुन १२२ दिनसम्म चल्ने छ ।
प्रतियोगिताको विजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । भने सर्वोउत्कृष्ट खेलाडीले २५ हजार तथा उत्कृष्ट बलर र ब्याट्स्म्यानले १० हजार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा प्रदेश १ का आठ क्लब र एकेडेमीलाई सहभागि गराउन पाउँने छन् । जसमा लुम्बिनी र कर्णालीको एकै हुनेछ ।
६ विजेता टोली राष्ट्रिय स्तरमा खेल्नेछ । फागुन महिनाबाट शुरु हुने प्रतियोगिताको सिजनको समापन अर्को वर्षको माघमा हुने आयोजकले बताएको छ ।