site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कर्णालीविरुद्ध प्रदेश १ को जित, आर्मी सेमिफाइनलमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत प्रदेश १ ले जित निकालेको छ । शुक्रबार भएको खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई ५९ रनले हराएको हो ।

र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रदेश १ ले कर्णाली प्रदेशलाई जितका लागि दिएको २१६ रनको लक्ष्य पाएको कर्णालीले जवाफी ब्याटिङमा ३५ ओभर खेल्दै सम्पूर्ण विकेट गुमाएर मात्र १५६ रन बनायो । कर्णालीका लागि विपिन रावलले सर्वाधिक ४७ रनको योगदान गरे । त्यस्ते निश्चल रावलले ३१ रन बनाउँदा कप्तान रवीन्द्रजंग शाहीले १८ रन बनाए ।

Prabhu Bank
Agni Group
NIC Asia

बलिङतर्फ प्रदेश १ का लागि मिनाश थापाले सर्वाधिक ५ विकेट लिए । १० ओभर बलिङ २ मेडन ओभर फालेर २६ रन खर्चे । प्रदेश १ का लागि दीपेश कँडेलले तीन विकेट लिँदा मनोज तामाङले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २१५ रन बनाएको थियो । 
प्रदेश १ का लागि सिद्धान्त लोहनीले अर्धशतकीय पारी खेले । ९७ बल खेलेका उनले ९ चौकाको सहयोगमा ६६ रन बनाएका हुन् ।

Global Ime bank

त्यस्तै शुभाकर औरले ३६ रन बनाउँदा मनिस थापा २५ तथा श्रावण यादवले १७ रन बनाए । बलिङतर्फ कर्णालीका लागि रवीन्द्र शाहीले ३ विकेट लिए । त्यस्तै दिनेश अधिकारी र अनुज चुनराले समान २-२ विकेट लिँदा दिवान पुन र राज शाहले समान १-१ विकेट लिए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  १५:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC