खेल
काठमाडौं । युएईमा आयोजना हुने टि-१० लिगका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का, करण केसी र अलराउण्डर कुशल मल्ल युएई प्रस्थान गरेका छन् । युएईमा आयोजना हुने टि-१० लिगका बिहीबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् । पारस टि-१० टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा रहेका छन् ।
यस्तै आबुधाबीबाट कुशलले खेल्नेछन् । करण भने पुने डेभिल्समा रहेका छन् । नेपालका अर्का खेलाडी सोमपाल कामीले अरेबियन्सबाट खेल्ने छन् । सोमपाल भने यस अघि नै युएई प्रस्थान गरिसकेका छन् ।
प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७ २१:२७
प्रतिक्रिया दिनुहोस्