site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पुलिसको लगातार दोस्रो जित
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले सहज जित निकालेको छ ।

बिहीबार भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशमाथि ७५ रनको जित निकालेको हो । र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुलिसले लुम्बिनी प्रदेशलाई जितका लागि दिएको ३११ रनको लक्ष्य लुम्बिनीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै मात्र २३६ रन बनायो ।

Prabhu Bank
Agni Group
NIC Asia

लुम्बिनीका लागि सौरभ कँडेलले अर्धशतकीय पारी खेले । ६० बल खेलेका उनले ६ चौका र ५ छक्काको सहयोगमा ७४ रनको योगदान गरे । 

त्यस्तै ७१ बल खेलेका डेभ कँडेलले ७ चौकाको सहयोगमा ४९ रन बनाए । लुम्बिनीका लागि सन्दीप रजालीले ४० रन बनाउँदा कप्तान कृष्ण कार्कीले ४० रनको योगदान गरे । बलिङतर्फ पुलिसका लागि रासिद खान र पवन सरार्फले समान दुई-दुई विकेट लिए । त्यस्तै ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले समान एक-एक विकेट लिए ।

Global Ime bank

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३१० रन बनाएको थियो ।
पुलिसका लागि सुनील धमलाले शतकीय पारी खेले । १४५ बल खेलेका उनले ७ चौका र १ छक्काको सहयोगमा १०४ रन बनाएका हुन् ।

त्यस्तै, लुम्बिनीविरुद्धको खेलमा १३ बलमा ६ छक्का र १ चौकाको मद्दतमा ५० रन पूरा गरेका पवनले कीर्तिमान बनाएका हुन् । योसँगै पवन घरेलु क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने पवन एक्लो खेलाडी बनेका छन् ।

त्यस्तै, ६१ बल खेलेका दीपेन्द्रसिंह ऐरीले ६ छक्काको सहयोगमा १ चौका प्रहार गर्दै ८५ रन बनाए । पुलिसका लागि अमित श्रेष्ठले २८ रन बनाउँदा आरिफ सेखले २९ रन जोडे ।

बलिङतर्फ लुम्बिनीका लागि अनिल खरेल, दीपेन्द्र रावत, सौरभ कँडेल र कृष्ण कार्कीले समान एक-एक विकेट लिए । आजको खेलमा जित निकाल्दै पुलिसले महत्त्वपूर्ण २ अंक जोडेको छ । लिगमा तीन खेल खेलेको पुलिस ४ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लेको छ । दुई खेल खेलेको लुम्बिनीको २ अंक छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  १६:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC