site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
वाग्मतीको विजयी सुरुवात 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेशले सहज जित निकालेको छ । आइतबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ७ विकेटले हराउँदै वाग्मती प्रदेशले सहज जित निकाल्न सफल भएको हो । 

कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा पुलिसले जितका लागि दिएको ११२ रनको लक्ष्य वाग्मती प्रदेशले ३४ ओभर ४ बलमा ३ विकेट गुमाउँदै ११४ रन बनाउन सफल भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

वाग्मतीका लागि पृथु बास्कोटाले सर्वाधिक ४८ रनको योगदान गरे । ६६ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरेका थिए । त्यस्तै पारस खड्काले १७ रन बनाउदा इशान पाण्डेले १७ रनको योगदान गरे । 

बलिङतर्फ  पुलिसका लागि दीपेन्द्रसिंह ऐरी र ललित नारायण राजवंशीले समान एक-एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ३०  ओभर ३ बलमा सबै विकेट गुमाउँदै १११ रन बनाएको थियो । 
 
पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ सेखले २१-२१ रन बनाए । त्यस्तै सुनील धमला र सुशल भुर्तेलले १७-१७ रनको योगदान गरे । 

Global Ime bank

बलिङतर्फ वाग्मती प्रदेशका लागि नन्दन यादवले सर्वाधिक चार विकेट लिए । त्यस्तै तिलक भण्डारीले पनि चार विकेट लिँदा रामनरेश गिरीले दुई विकेट लिए ।

प्रतियोगिताको पहिलो खेल जित निकाल्दै वाग्मतीले प्रतियोगितामा सुखद सुरुवात गरेको छ । यता उपाधि दाबेदार मानिएको पुलिस भने पहिलो खेलमै पराजित भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ४, २०७७  १४:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC