site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
महिला लिगमा विदेशी खेलाडी राख्‍न पाइने
Sarbottam CementSarbottam Cement

काठमाडौं । महिला लिगमा सहभागी टिमले चार विदेशी खेलाडी राख्‍न पाउने भएका छन् । आगामी माघ ७ बाट सुरु हुने प्रतियोगितामा अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगमा सहभागी हरेक टिमले चार विदेशी खेलाडी राख्‍न र खेलाउन पाउने व्यवस्था गरेको हो ।

माघको पहिलो साताबाट सुरु हुने महिला लिगमा तीन विभागीयसहित जिल्ला तथा नगरबाट छनोट भएका चार टिम गरी सात टिम खेलाउनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

एन्फाले पहिलोपटक महिला लिगमा समेत विदेशी खेलाडी राख्‍न पाउने व्यवस्था गरेको छ । एक महिना सञ्चालन हुने लिगका पहिलो र अन्तिम खेल दशरथ रंगशालामा हुनेछ । बाँकी सबै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स हुने बताइएको छ ।

कोरोना भाइरसको महामारीलाई ध्यानमा राख्दै खेलाडीहरुको सुरक्षाको पनि एन्फाले राम्रो तयारी गरेको छ । प्रतियोगिताको विजेताले नगद १५ लाखसहित ट्रफी प्राप्त गर्नेछ । दोस्रोले ८, तेस्रोले ५, चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ ।

Global Ime bank

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर र हरेक विधाका खेलाडीले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २, २०७७  १४:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC