site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सूर्योदय र डाफोडिल प्रिक्वार्टरफाइनलमा
Sarbottam CementSarbottam Cement

काठमाडौं  । आयोजक सूर्योदय ‘बी’ र डाफोडिल प्रथम पीएचसीए खुला एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बिहीबार प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

सूर्योदय समूह ‘एच’को उपविजेता तथा डाफोडिल सोही समूहको विजेताका हैसियतले प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका हुन् । घट्टेकुलोस्थित घरेलु कोर्टमा सूर्योदय ‘बी’ले विल्सन एकेडेमीलाई ८–६ ले पराजित गर्‍यो । डाफोडिलले सूर्योदय ‘बी’लाई १२–७ तथा विल्सनलाई १६–१० ले हरायो ।

Prabhu Bank
Agni Group
NIC Asia

ब्वाइजमै मिलनको ‘ए’, ‘बी’ र ‘डी’, टिम चन्दन, एटम, भीएस कलेज ‘ए’, रोशन, मनासलु, क्याम्पियन, विनय पुरी, ग्रामर, टीआईए, टिम रावत र ओमेगा प्रिक्वार्टरफाइनलमा पुगेका छन् ।

गर्ल्समा भीएस कलेज ‘बी’ले सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो । गर्ल्समै सूर्योदय, साइपाल, लिम्पिया, भीएस कलेज ‘ए’, बुद्धप्रकाश र हिमालयले क्वार्टरफाइनलमा स्थान बनाए ।

Global Ime bank

प्रतियोगिताको सूर्योदय फाउन्डेसनका अध्यक्ष लक्ष्यबहादुर केसी र प्रबन्ध निर्देशक सुशील थापाले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी उद्घाटन गरे ।

प्रतियोगिताको ब्वाइजमा ३२ र गर्ल्समा १६ गरी जम्मा ४८ टिम सहभागी छन् । ब्वाइजमा पहिलो हुनेले २० हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । 

गर्ल्र्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, ८ हजार र ४ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । ब्वाइज÷ गर्ल्र्स दुवैमा ‘मोस्ट भेलुएबल प्लेयर’ र सर्वाधिक स्कोरकर्तालाई जनही २ हजार नगदबाट पुरस्कृत गरिनेछ । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १, २०७७  १९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC