काठमाडौं । बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति रियल सोसिडाडलाई टाइब्रेकरमा ३–२ ले हराउँदै बार्सिलोना उपाधिनजिक पुगेको हो ।
निर्धारित समयको खेल र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
खेलको २९औँ मिनेटमा डी योङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ५१औँ मिनेटमा मिकेलले गोल गर्दै सोसिडाडलाई १–१ गोलको बराबरीमा फर्काए ।
टाइब्रेकरमा बार्सिलोनाका ओस्मान डेम्बेले, मिरालिम पाजनिक र रिकी पुजले गोल गरे । तर, फ्रान्क डी जोङ र एन्टोनियो ग्रिजम्यानले गोल गर्न सकेनन् ।
सोसिडाडका अदनान जानुजाज र मिकेल मेरिनोले गोल गरे । मिकेल ओयाराज्बाल, जोन बाउटिस्टा र विलियन जोसेले गोल गर्न असफल रहे ।
अब बार्सिलोनाले उपाधिका लागि रियल मड्रिड र एथ्लेटिक बिल्बाओबीचको विजेतासँग खेल्नेछ ।