वडाध्यक्ष पक्राउ

वडाध्यक्ष पक्राउ

बलेवा । बागलुङको ढोरपाटन नगरपालिका–४, खुंगाका वडाध्यक्ष तिलक पुनलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पुनलाई बुधबार अपराह्न ३ः०० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अदालतमा ज्यान मार्ने मुद्दा परेकाले उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विजय भण्डारीले बताए ।

वि.सं. २०७६ मा भएको कुटपिटको घटनालाई लिएर सोही वडाका लालबहादुर विकलगायत तीनजनाले उनीविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।

वि.सं. २०७६ कात्तिक १२ गते खुंगामा एकापसमा झगडा हुँदा केही स्थानीय घाइते भएका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरानो मुद्दा भएकाले पुनलाई जिल्ला प्रहरी कार्यालय ल्याएपछि अदालत पेस गरिने भण्डारीले बताए । रासस

प्रतीकात्मक तस्बिर ।

प्रतिकृया दिनुहोस
ad