काठमाडौं । महिन्द्रा उत्सवको बम्पर पुरस्कार विजेता घोषित भएका छन् ।
महिन्द्राको नेपालका लागि आधिकारिक वितरक अग्नि इंकका ब्रान्ड एम्बास्डर पारस खड्काले लक्की ड्रमार्फत् विजेता घोषणा गरेका हुन् ।
नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरको अधिकृत वितरक अग्नि इन्कर्पोरेटेडले आफ्ना ग्राहकलाई लक्षित गर्दै चाडपर्वका अवसरमा ‘महिन्द्रा उत्सव’ नारासहित विशेष योजना अघि सारेको थियो ।
तीनजना बम्पर पुरस्कार विजेताहरू धनकुटाका योगराज राई, नेपालगञ्जका निरन्जना चौधरी र नेपालगञ्जकै रामबहादुर कामी बने ।
महिन्द्रा ट्रयाक्टर खरिद गर्ने ग्राहकका लागि ‘महिन्द्रा उत्सव’ योजना सञ्चालन गरिएको थियो । गएको भदौ ३० गतेबाट सुरु भएको योजना मंसिर १५ गतेसम्म जारी थियो ।
योजनामा जीवन बिमासहित रोटाभेटरमा ५० प्रतिशत छुट वा तीन वर्षको निःशुल्क सर्भिसिङसहितका पक्का उपहार राखिएको थियो ।
विजेताले महिन्द्रा पावरोल फाइभ केभीए डीजी (डिजल जेनरेटर) प्राप्त गर्नेछन् ।