site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘दर्शक डराएका होइनन्, नयाँ चलचित्र नलागेका हुन्’
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिनेमा घर सञ्चालकहरुले कोरोना संक्रमणको त्रासका कारण दर्शक हलमा नआएको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । हलमा आएका दर्शकसँगको कुराकानीले पनि यो पुष्टि भएको उनीहरुको भनाइ छ । 

राम्रो चलचित्र रिलिज नहुनु नै दर्शक हलमा नआउनुको मुख्य कारण रहेको हल सञ्चालकहरु बताउँछन् । “दर्शक कोरोनाको त्रासले हल नआउनु भएको होइन । हामीले दर्शकसँग कुरा गर्दा पनि कोरोनाको डरलेभन्दा राम्रो चलचित्र नभएकाले नै नआएको बताइरहनुभएको छ,” क्यूएफएक्स चेनका मुख्य कार्यकारी अधिकृत रोशन अडिगा भन्छन् । 
राम्रो चलचित्र आएपछि दर्शक पनि आउने हल सञ्चालकको विश्वास छ । हल खुलेको अहिलेको अवस्थामा सुरुमा मास अडियन्सलाई ‘अपिल’ गर्न सक्ने ठूलो ब्यानरको अथवा राम्रो चलचित्र रिलिज हुनुपर्नेमा उनीहरुको जोड छ । 

सिनेमा हल सञ्चालक तथा वितरक गोपालकाजी कायस्थ राम्रो चलचित्र रिलिज भएको खण्डमा सिनेमा हलमा दर्शकको भिड लाग्ने बताउँछन् । “दर्शक डराएको होइन चलचित्र नभएको हो । अहिले पनि एक/डेढ सय दर्शक हलमा आइरहनुभएकै छ । बजार हेर्दा पनि यो स्पष्ट हुन्छ, कोरोनाको त्रास खासै देखिएको छैन,” उनी भन्छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

माघ १ गते नयाँ नेपाली चलचित्र रिलिज भएपछि दर्शकको भिड लाग्ने उनको दाबी छ । १ गते नायक शिव श्रेष्ठको ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज हुँदै छ । “सबै निर्माता सिनेमाको लगानी डुब्छ भनेर डराइरहेका बेला शिव दाइले जुन आँट गर्नुभयो । यसलाई हामीले सलाम गर्नैपर्छ । चार दशक चलचित्र क्षेत्रलाई योगदान गरेको हुँ । अहिले कोभिडले सिनेमा क्षेत्र थलिएका बेला यो क्षेत्रलाई सुचारु गर्न म योगदान गर्छु भनेर उहाँले चलचित्र रिलिज गर्ने आँट गर्नुभयो । उहाँको यो गुन हामी कहिल्यै भुल्ने छैनौं,” वितरक कायस्थ भन्छन्, “नयाँ चलचित्र रिलिज भएको एक सातामा सबै सिनेमा हलका गेट भरिभराउ हुनेछन् । त्यसपछि अहिले पछि हट्ने निर्माता मेरो पनि चलचित्र लगाइदिनुपर्‍यो भन्दै आउनुहुन्छ । बलेको आगो ताप्ने चलन छ हाम्रोमा । यो यसपटक पनि देखिनेछ ।”

वितरकहरुले तत्काल ठूलो ब्यानरका चलचित्र आउन अझै केही समय लाग्ने बताएका छन् । महँगो लगानी गरेर बनाएका अपेक्षित भनिएका चलचित्र तत्काल रिलिज गर्न निर्माताहरु तयार नभएपछि वितरकहरु सानो ब्यानर र सानो बजेटका भए पनि नयाँ चलचित्र मागिरहेका छन् । 

Global Ime bank

नेपाली चलचित्र निर्माताहरुले भने हलमा दर्शक आउने क्रम बढेपछि मात्रै आफ्नो चलचित्र रिलिज गर्ने बताउँदै आएका छन् । हलमा दर्शकको संख्या बढाउन हिन्दी र अंग्रेजी चलचित्र नै कुर्नुपर्ने बाध्यता रहेको वितरकहरु बताउँछन् ।

चलचित्र वितरक तथा निर्देशक प्रचण्डमान श्रेष्ठ नेपाली र विदेशी चलचित्र प्रदर्शन नभएसम्म नेपाली चलचित्र रिलिज गर्ने सम्भावना नरहेको बताउँछन् । नेपाली निर्माताहरुमा अब चलचित्र चल्छन् भन्ने आत्मविश्वास जगाउन हिन्दी र अंग्रेजी चलचित्र राम्रोसँग चल्नुपर्ने उनको भनाइ छ । 

“अवस्था सहज भएपछि चलचित्र रिलिज गर्न नेपाली निर्माताहरुले तयारी गरिरहनुभएको छ । त अहिलने नै फिल्म रिलिज गर्छु भन्ने निर्माता हुनुहुन्नभन्दा पनि हुन्छ,” प्रचण्डमान भन्छन्, “पहिला हिन्दी र अंग्रेजी चलचित्र राम्रोसँग चलेपछि दर्शक कति आउनुहुन्छ, लगानी सुरक्षित हुन्छ कि हुँदैन भन्ने मूल्यांकन गरेर मात्रै नेपाली निर्माताहरुले आफ्नो चलचित्र प्रदर्शन गर्ने तयारीमा हुनुहुन्छ ।” 

सरकारले प्रदर्शनमा आउने नयाँ चलचित्रलाई केही सहयोग गर्ने भएको छ । चलचित्र क्षेत्र चलायमान होस् भन्ने उद्देश्यले सरकारले सहयोग गर्न लागेको हो ।  चलचित्र विकास बोर्डले नयाँ चलचित्रका लागि भर्चुअल प्रिन्ट कस्ट, इन्कोडिङ र पब्लिसिटीमा केही सहयोग गर्ने निर्णय गरिसके बोर्ड अध्यक्ष दयाराम दाहाल बताउँछन् ।

“भर्चुअल प्रिन्ट कस्ट र इन्कोडिङ तथा पब्लिसिटी गर्न नसकेर प्रदर्शनमा आउन नसक्ने चलचित्रहरुलाई पनि केही राहत पुग्नेछ भन्ने हाम्रो विश्वास छ,” दाहाल भन्छन्, “यो आर्थिक वर्ष छायांकनमा जाने सबै चलचित्रको प्रोजेक्ट बिमा गरिदिनेछौं ।” 
अब चलचित्र क्षेत्रलाई गतिशील बनाउँदै जानुको विकल्प नरहेको दाहाल बताउँछन् । अनौपचारिक रुपमा पुस १० गतेबाट सिनेमा हल सञ्चालनमा आए पनि सरकारको हिजो बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर हल खोल्ने निर्णय गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २७, २०७७  ११:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC