खेल
काठमाडौं । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।
शनिबार राति वाट्फोर्डलाई १-० गोल अन्तरले पराजित गर्दै युनाइटेड चौथो चरणमा पुगेको हो । घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन स्कट म्याक टोमिनेले निर्णायक गोल गरे ।
उनले खेलको पाँचौं मिनेटमा गरेको गोल युनाइटेडको जितमा निर्णायक बनेको थियो । शनिबार राति नै भएको अर्को खेलमा लेस्टरले स्टोक सिटीलाई ४-० गोलले हराउँदै आफू चौथो चरणमा प्रवेश गरेको हो ।
प्रकाशित मिति: आइतबार, पुस २६, २०७७ ०९:२६
प्रतिक्रिया दिनुहोस्