site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेकपा अध्यक्षद्वय दाहाल र नेपालमाथि ओलीका ७ आरोप 
Sarbottam CementSarbottam Cement

काठमाडौं । राजनीतिक रुपमा विभाजित नेकपाका नेताहरूबीच केही समययता आरोप-प्रत्यारोपको दोहोरी चलिरहेको छ । केही दिनअघि प्रचण्ड-नेपाल समूहले राजधानीमा आयोजित केन्द्रीय कमिटी बैठक र प्रदर्शनको कार्यक्रममार्फत ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आरोपको वर्षा गरे । 

ओली अहिले त्यसैको प्रतिउत्तरमा उत्रिएका छन् । बिहीबार मात्रै ओलीले बबरमहलको कार्की पार्टी प्यालेसमा सुदूरपश्चिमका नेताहरूसँगको भेलामा पुगेर आफूमाथि लागेको आरोपको खण्डन गर्ने यत्‍न गरे । शुक्रबार मात्रै उनले ३६ देशका प्रवासी नेपाली समुदायका अगुवाहरूलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रचण्ड-नेपाल समूहमाथि खनिए । त्यसक्रममा उनले प्रचण्ड-नेपाल समूह राजा चाहिन्छ भन्नेहरूलाई सहयोग पुर्‍याउने गरी र दक्षिणपन्थीहरूसँग गठजोडको यात्रामा लागेको लगायतका आरोप लगाएका छन् । उनले लगाएका सात आरोप यस्ता छन् :

दक्षिपन्थीहरूसँग मिलेर सरकार बनाउन लागे, निर्वाचन हुन लाग्यो भनेर पार्टी फुटाए
कार्यक्रममा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पार्टी फुटाएको आरोप लगाए । उनले देशमा निर्वाचनमा घोषणा गरेको भनेर दक्षिणपन्थीहरूसँग मिलेर स्वार्थका लागि पार्टी फुटाएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“पार्टी फुटेको होइन । केही साथीहरू किन कसको आदेशमा अलग हुनुभएको हो ? कसका लागि अलग हुनुभएको थाहा छैन । बैठकमा नआएर आफैं कुद्नु भएको छ । निर्वाचन घोषणा भएपछि झन् पार्टी एकजुट भएर निर्वाचनमा जानुपर्ने । निर्वाचन घोषणा भयो भनेर पार्टी फुटाउने । लोकतान्त्रिक अभ्यास र ताजा जनादेशमा गयो भनेर पार्टी फुटाउने ?” ओलीले प्रश्न गरे ।
 
उनले प्रचण्ड र नेपाल समूहले दक्षिणपन्थीहरूसँग मिलेर सरकार बनाउन लागेको जिकिर गरे । कम्युनिस्ट पार्टी फुटाएर कुन दक्षिणपन्थीसँग गठजोड बनाउन लागिपरेको भन्दै आरोपित गरे । 

“अविश्वासको प्रस्ताव राख्न र अविश्वासको खेलबाट दक्षिणपन्थी शक्तिसँग कहाँबाट सरकार बन्छ । पार्टी फुटाएर उहाँहरू सरकार बनाउन खोज्दै हुनुहुन्छ । दक्षिणपन्थीसँग मिलेर कम्युनिस्ट पार्टी फुटाएर अनि कुन समाजवादउन्मुख क्रान्ति गर्नुहुन्छ ?’’ ओलीले भने, “कुन बाटो हिँड्नुहुन्छ । समाजवादउन्मुख बाटो भत्काएर दक्षिणपन्थीसँग गन्तव्यविहीन स्वार्थको यात्रा । त्यो गठजोडको स्वार्थी त्यसप्रकारको यात्रा गर्न चाहिरहनुभएको छ । यो उचित कुरा होइन ।”

Global Ime bank

राजा चाहिन्थ्यो जसरी लागे
ओलीले प्रचण्ड र नेपाल समूह गणतन्त्र लोकतान्त्रिक प्रणाली गलत भएको निष्कर्षमा पुगेको र राजावादीहरूलाई साथ दिने गरी राष्ट्रपतिको हुर्मत लिन उद्धत भएको दाबी गरे । “लोकतान्त्रिक प्रणाली ठीक होइन । संघीयता ठीक होइन । र गणतान्त्रिक प्रणाली ठीक होइन । भन्ने निष्कर्ष निकाल्न खोजिरहनुभएको छ । राष्ट्रपतिको काम ठीक भएन । यहाँ त राजा चाहिन्थ्यो भनेर उहाँहरू राजा चाहिन्छ भन्नेहरूलाई ठाउँ दिन राष्ट्रपतिको हुर्मत र बेइज्जत गर्नुभएको छ,’ ओलीले भने ।

राष्ट्रपतिमाथि महाअभियोग लगाउने जुटे
ओलीले आरोप थोपर्ने क्रममा प्रचण्ड र नेपाल समूह राष्ट्रपतिमाथि महाअभियोग लगाउनसमेत अघि बढेको बताए । उनले देशमा अस्थिरता पैदा गर्न अग्रसर भएको उनको भनाइ थियो । 

“अस्थिरताका लागि राष्ट्रपति हटाउने प्रधामन्त्री हटाउने, राष्ट्रपतिमाथि महाअभियोग लगाउने, प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव दर्ता गर्ने, प्रदेशमा अस्थव्यस्तता सिर्जना गर्ने । यी खालका कामहरूमा जुट्नु भो,’’ उनको जिकिर छ ।
 
प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री र प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता गराएको छ । तर, राष्ट्रपतिमाथि उक्त समूह मौन नै देखिन्छ ।

बैंकबाट हतार-हतार पैसा निकालेर गायब बनाउन खोजे 
प्रचण्ड-नेपाल समूहले पार्टीको खाता रोक्न पत्राचार गरेको छ । सोही विषमा कटाक्ष गर्दै उनले अर्को समूह पार्टीको सम्पत्ति कब्जा गर्न उद्धत भएको जिकिरसमेत गरे । 

उहाँहरूको ध्यान पार्टीको कुरामा होइन । देशको कुरामा छैन । जनताको कुरामा छैन । उहाँहरू पार्टीको कार्यालय बलजफ्ती कब्जा गर्न खोज्दै हुनुहुन्छ । पार्टीको सम्पत्ति बैंक खाता हतार-हतार पैसा निकालेर गायब गर्न खोज्दै हुनुहुन्छ,” आरोपित गर्दै ओलीले भने, “यस्ता खालका क्रियाकलपालमा । कार्यकर्ताहरू भिडाउने तमासा ।”

प्रचण्डले सचिवालय बैठकमा वितरण गरेको आरोपपत्र पार्टी विभाजन गर्ने गरी ल्याइएको भन्दै त्यसलाई देश-विदेशमा बाँड्ने काम भएको टिप्पणीसमेत गरे ।

पार्टी एकता गर्न रोकियो, गर्न दिइएन 
पाटी एकताका बेला अर्थात् ३० महिनाअघि ओलीले तीन महिनामा पार्टी एकताका काम टुंग्याउने उद्घोष गरेका थिए । तर, एकताबद्ध हुन नपाउँदै पार्टी राजनीतिक रुपमा विभक्त भइसकेको छ । कार्यक्रममा प्रचण्डले एकता गर्न रोकेको ओलीले बताए । पूर्वमाओवादीका नेताहरूलाई आफूले भेट्न नपाएको गुनासोसमेत गरे । 

“तीन महिनामा एकीकरण पूरा गर्ने भनियो । तीन वर्षमा पूरा भएन । टुंग्याउन पनि लागिएन । रोकेर राखियो । पूर्वमाओवादी पृष्ठभूमिका साथीहरूलाई एकजुट हुनुपर्छ भनेर एक ठाउँमा राखियो,’’ गुनासो गर्दै प्रधानमन्त्रीले भने, “कुराकानी गर्न नमिल्ने, नपाइने, नदिने। भेटघाट गर्‍यो कसैले भने स्पष्टीकरणको विषय हुने वा उसलाई वक्रदृष्टिले हेरिने यस्ता कुरा हुँदै आए ।”

सरकारलाई बाहिरबाट चलाउन पृथक संयन्त्र बनाए 
प्रधानमन्त्री ओलीले सरकारका काम कारबाहीलाई बाहिरबाट रोक्ने काम भएको टिप्पणी गरे । प्रचण्ड र नेपालसँग खनिएका ओलीले पार्टीभन्दा पृथक संयन्त्र बनाएर सरकारलाई बाहिरबाट चलाउन खोजेको आरोपसमेत लगाए । 

“हरदम पावर बार्गेनिङ । लोकतान्त्रिक ढंगले होइन । सरकारलाई नियन्त्रण गर्ने, सरकार चल्न नदिने । सरकारलाई बाहिबाट चलाउन खोज्ने । बाहिर अर्को पार्टीभन्दा पृथक संयन्त्र बनाएर त्यसलाई नियन्त्रण गर्न खोज्ने प्रयास भयो,’’ ओलीले सुनाए ।

सरकारको पक्षमा एक शब्द नबोल्ने, प्रतिपक्षीलाई उछिने 
ओलीले नेताहरूले सधैं आफूलाई खुइल्ल्याउन अग्रसर भएको बताए । सत्तारुढ दलका नेताहरूले सरकारको कामको प्रचारमा शब्द नखर्चिको र खुल्याउने प्रतिपक्षीलाई पनि पछाडि छाडेको बताए ।

“पार्टीका नेताहरूले सरकारको पक्षमा एक शब्द नबोल्ने । सरकारको विरोधमा धज्जी उडाउने । प्रतिपक्ष कहाँ छोडियो छोडियो पछाडि । आफ्नै पार्टीका साथीहरूले प्रतिपक्षीभन्दा अघि बढेर सधैं सरकारको विरोध मात्रै गर्ने । यो पार्लियामेन्ट्री प्रणालीको मर्यादा पनि नराखेर प्रतिपक्षको भूमिका सत्तापक्षले खेल्ने ?” उनले सुनाए, “प्रतिपक्षीले भन्थे सत्तापक्षका नेताहरूले नै बोलिसकेपछि हाम्रो त कुनै भूमिकै रहेन । हामीले त केही बोल्नै परेन । बोल्ने ठाउँ पनि रहेन । यस्तो विडम्बना र मजाकको स्थिति । लिडरसिप खुइल्यो भने मात्र उसलाई विस्थापित गर्न सकिन्छ भनेर अघि बढ्नुभयो ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १७, २०७७  १९:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC