site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीको जिकिर झुटो रहेको आयोगको ठहर, निवेदन फिर्ता भएको छैन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगले नेकपाले लगेको निवेदन फिर्ता गरेको भनि गरेको जिकिर गलत सावित भएको छ । निर्वाचन आयोगले प्रचण्ड–नेपाल समूहले लगेको निवेदन  फिर्ता गरेको प्रधानमन्त्री ओलीको जिकिर थियो ।

तर निर्वाचन आयोगले निवेदन फिर्ता नगरेको बताएको छ ।

प्रधानमन्त्री ओलीको जिकिर, प्रचण्ड-नेपाल समूहको निवेदन निर्वाचन आयोगले फिर्ता पठायो

उता नेकपाका स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले निर्वाचन आयोगले निवेदन फिर्ता गरेको भन्ने प्रधानमन्त्री ओलीको जिकिर गलत भएको बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

ओलीले शुक्रबार ३६ देशमा रहेका प्रवासी नेपाली समुदायका अगुवाहरूलाई भर्चुअल रुपमा सम्बोधन गर्दै आयोगले प्रचण्ड–नेपाल समूहले दिएको निवेदन फिर्ता गरेको जिकिर गरे ।

“उहाँहरुले निर्वाचन आयोगमा निवेदन दिनुभएको रहेछ । निर्वाचन आयोगले रित नपुगेको र अनुचित निवेदन भनेर रद्ध गरेर फिर्ता पठाइदियो । उहाँहरुको आधिकारिक पार्टी हामी हौं भन्ने दाबी थियो,” ओलीको भनाइ थियो ।

Global Ime bank

तर, बिहीबार निर्वाचन आयोग पुगेका पोखरेलले भने आफूहरुको निवेदन दर्ता भएको बताए ।

“अनुसूची १८ अनुसार हामीले पदाधिकारी फेरबदल भएको जानकारी गराएर आएका हौँ । पार्टी एकता गर्दा बखत दर्ता भएको ४४१ केन्द्रीय सदस्यमा भएको पदाधिकारी हेरफेरबारे जानकारी दियौँ । जसमध्ये तीनजनाको मृत्यु भएको छ, तीनजना राजदूत भएका छन्  र पाँचजनाको संवैधानिक आयोगमा नियुक्ति  भएको छ । त्यही कुरा जानकारी गराएका आएका हौँ,” उनले भने ।

उनले त्यसका लागि आफूसँगै राजेन्द्र पाण्डे, मुक्ति प्रधान, कृष्णभक्त पोखरेल रामनारायण बिडारी आयोगमा गएको जानकारी दिए ।

“आयोगले निर्णय गर्छ । हामीले निर्णय प्रवक्तामार्फत् जानकारी गराउछौँ । उहाँहरु आउनुभयो । हामीले सकेसम्म आजै निर्णय गरेर दुबै पक्षलाई पत्र पठाउछौँ” प्रमुख आयुक्त दिनेशकुमार थपलियाले भने ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले पनि निवेदन फिर्ता नभएको बताए ।

“चिठी आएपछि दर्ता हुन्छ । प्रक्रियामा जान्छ । बाहिर फर्काइयो भन्ने कुरा कसरी आयो ?  फिर्ता गरेको होइन,” धमलाले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १७, २०७७  १६:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC