site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
‘खेलकुदले कोरोना परास्त गर्छ’
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिड (कोरोना) का कारण रोकिएको खेलकुद गतिविधि छिटफुटबाहेक अझै चल्न सकेका छैनन् । खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्‌ले खेल फर्काउन औपचारिक रुपमा निवेदन नगरे पनि खेलकुद गतिविधि सञ्चालन भइरहेका छन् । खेलाडीदेखि खेलसँग आबद्ध पदाधिकारी निर्वाध रुपमा खेल फर्काउन आवाज उठाइरहेका छन् ।

छिटफुट रुपमा अहिले खेलकुद गतिविधि सञ्‍चालन हुन थालेका छन् । फुटबलदेखि क्रिकेटका खेलाडीले पुरानो लयमा फर्किन अभ्यास थाल्दा अन्य व्यक्तिगत विधाका खेलाडीले पनि जुरमुराइसकेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

ब्याडमिन्टनका केही प्रतियोगिता सञ्चालन पनि भइसकेका छन् । भर्चुअल रुपमा केही प्रतियोगिता सुरु भए पनि कोभिडअघिको लय खेलकुदमा अझै देखिएको छैन । खेलकुद गतिविधिलाई निर्वाध सुरु गर्न राष्ट्रिय खेलकुद परिषद् तयार भएको उपाध्यक्ष शिव कोइरालाले बताए । फुटबल, क्रिकेटलगायत संघहरुलाई खेललाई नियमित बनाउन निर्देशन दिइसकेको पनि उपाध्यक्ष कोइरालाले बताए ।

खेलकुद गतिविधि कोरोना महामारीका कारण स्थगित गर्न नहुने भन्दै उनले खेलाडी पनि मानसिक रुपमा तयार हुन पर्ने बताए । खेल गतिविधि स्वास्थका हिसाब राम्रो भएको र कोरोना परास्त गर्ने अस्त्रका रुपमा सबैले प्रचार गर्नुपर्ने उनको तर्क छ ।

Global Ime bank

सामान्य तरिकाले खेलकुद सञ्चालनमा आए पनि सहज तरिकाले अगाडि बढ्न खेलाडीलाई अभ्यासको जरुरी हुन्छ । काठमाडौंमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा दुई स्वर्ण पदक हात पारेका करातेका खेलाडी मन्डेकाजी श्रेष्ठले खेलाडीका लागि अभ्यास जरुरी हुने बताए ।

अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउने खेलकुद गतिविधि प्रशिक्षण सुरु भइसकेका छन् । तर घरेलु प्रतियोगिता सुरु गर्नेमा भने अझै अन्योल देखिएको छ । 
-फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १५, २०७७  २३:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC