site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रोमाञ्चक खेलमा सुदूरपश्चिमविरुद्ध प्रदेश–१ को जित 
Sarbottam CementSarbottam Cement

लमही । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर–१ ले रोमाञ्चक जित निकालेको छ । बुधबार भएको खेलमा प्रदेश–१ ले सुदूूरपश्चिम प्रदेशलाई ५ विकेटले हराएको हो ।

दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ५४ रनको सामान्य लक्ष्य प्रदेश–१ ले १५ ओभर १ बलमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो ।

प्रदेश–१ का लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक १२ रन बनाइन् । निग्मा तामाङले ७ रन जोडिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बलिङतर्फ सुदूरपश्चिमकी दीपा जोराले २ विकेट लिइन् । कविता कुँवर र कविता जोशीले समान एक/एक विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १६ ओभरमा ८ विकेट गुमाउँदै ५३ रन बनाएको थियो । मौसमका कारण केही समय ढिला सुरु भएको खेल १६ ओेभरमा झारिएको थियो ।

Global Ime bank

सुदूरपश्चिमका लागि कविता जोसिले सर्वाधिक १४ रन बनाइन् । रेवती धामीले ८ रन बनाएको इनिङ्समा डोली भट्टले ५ रनको योगदान गरिन् ।

बलिङतर्फ प्रदेश–१ की संगीता राईले सर्वाधिक ३ विकेट लिइन् । सवनम राईले २ विकेट लिँदा कप्तान रुविना क्षेत्री र निग्मा तामाङले समान एक/एक विकेट लिए ।

आजको खेलमा जित्दै प्रदेश–१ सेमिफाइनलनजिक पुगेको छ ।

आज नै हुने अर्काे खेलमा गण्डकी प्रदेशले वाग्मती प्रदेशसँग खेल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १५, २०७७  १३:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC