site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
एकैपटक खुल्दै नेपालका नाटकघर
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना महामारीको स्थिति सामान्य होला र सरकारको अनुमति आउला भन्ने पर्खाइमा नाटकघरहरु थिए ।

तर, बन्द भएको करिब १० महिना बितिसक्दा पनि कहिले खोल्न पाउने भन्ने अन्योल कायमै रहेपछि अन्ततः नाटकघरहरु सञ्चालनमा आउने भएका छन् ।

नेपालका नाटकघरहरुको लागि काम गरिरहेको थिएटर हबको नेतृत्वमा बन्द रहेका नाटकघरहरु एकैपटक पुनः सञ्चालनमा आउने भएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यसका लागि काठमाडौंसहित मोफसलमा रहेका नाटकघरहरु कसरी अघि बढ्ने भन्ने छलफलमा छन् । जसको संयोजन थिएटर हबका देव न्यौपानेले गरिरहेका छन् ।

“हल खुलिसकेका छन् । वर्ष २०२० त ध्वस्त नै भयो । तर, अब २०२१ लाई चाहिँ सकारात्मकताका साथ स्वागत गर्नुपर्छ र त्यसमा नेपालका नाटकघरहरु दर्शकको साथमा छौँ भन्ने सन्देशसहित हामीले नाटकघर खोल्ने निर्णय लिएका हौँ । तयारी हुँदैछ,” न्यौपानेले भने ।

Global Ime bank

उनका अनुसार फ्रिलायन्सिङ गर्ने कलाकारहरुलाई कहिले नाटकघर खुल्ने हो भन्ने अन्योलता भएका कारण पनि सञ्चालनमा आउनुपर्ने बाध्यता बनिसकेको छ ।

राज्यलाई एक किसिमको दबाब दिने र एकताको सन्देश पनि दिने हिसाबमा नाटकघरहरुले यो कदम उठाउन लागेका हुन् ।

थिएटर मलका केदार श्रेष्ठ भन्छन्, “अहिले देशमा टुटफुट भइरहेको बेला एकताको सन्देश दिन पनि र नाटकघरहरुबीचको समन्वय र मित्रता देखाउन पनि हामीले यो कार्यक्रम वा भनौँ एकैचोटि नाटकघर सञ्चालन गर्न लागेका हौँ ।”

एकैचोटि नाटकघरहरु सञ्चालनमा आउँदा ठूलो माससम्म पुग्न सक्ने पनि उनीहरुको अपेक्षा छ ।

एउटै ब्यानरमा विभिन्न कार्यक्रम
छलफलमा संलग्न नाटकघर सञ्चालकहरुका अनुसार जनवरीको पहिलो साता अर्थात् पुस २४ गतेदेखि सञ्चालनमा आउने तयारी रहेको छ ।

नाटकघरहरु पुनः सञ्चालनमा आउँदा दर्शकको उपस्थित रहने त छ तर पहिलेजस्तो नाटक मञ्चन नै भने अहिले हुँदैन । एउटै ब्यानरमा विभिन्न कार्यक्रम गरी फरक–फरक मितिमा नाटकघरहरुमा प्रदर्शन गरिनेछ ।

कुनै नाटकघरमा २४ गते प्रदर्शन भयो भने अर्कोमा २५ त्यसैगरी विभिन्न कार्यक्रम गर्ने र एकले अर्को नाटकघरमा हुने कार्यक्रमबारे प्रचारप्रसार पनि गर्ने तयारी उनीहरुको छ ।

कीर्तिपुरको थिएटर मलले पछिल्लो तीन वर्षदेखि गर्दै आइरहेको रंगकर्मीको कविता कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको छ ।

झापाको काँकडभित्ताको परिवर्तन थिएटरले भने केही साहित्यिक कार्यक्रम गर्ने योजना बुनिरहेको छ ।

नाटकघर बन्द भएको लामो समय भइसकेका कारण आजको भोलि नै नाटकको तयारी गर्न नसकिने भएकाले पनि साहित्यिक कार्यक्रम गर्ने योजना रहेको परिवर्तनकी कविता नेपाल बताउँछिन् ।

“झापामा साहित्यिक व्यक्तित्वहरुको संख्या पनि राम्रो भएका कारण पनि हामीले उहाँहरुकै उपस्थितिमा कार्यक्रम आयोजना गरी पुनः सञ्चालनमा आउने सोचेका छौँ,” उनले भनिन् ।

यो महामारीबीचको समयमा पनि परिवर्तन थिएटरले रेडियो नाटक र सडक नाटकको आयोजना गरिरहेको थियो ।

त्यस्तै, कसैले डकुमेन्ट्री शो त कसैले सोलो पफर्मेन्सको आयोजना गर्ने कि भन्ने सम्बन्धमा छलफल जारी छ ।

कोरोना संक्रमणलाई ध्यानमा राखी आवश्यक सावधानी र नियम पालना गरी पुनः सञ्चालनमा आउने तयारी उनीहरुको छ । यसका लागि कसैले १०० सिट क्षमतामा ५० जना मात्रै दर्शक राख्नेदेखि ओपन थिएटरलगायतका विकल्पहरु सोचिरहेका छन् ।

तर, महामारीको त्रास कायमै रहेकाले दर्शकहरु पहिलोजस्तो आइनहाल्नेबारे भने उनीहरु जानकार छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १५, २०७७  ०५:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC