site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नवनियुक्त खेलकुदमन्‍त्रीद्वारा पदभार ग्रहण
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि पुनर्गठन भएको मन्त्रीमण्डलमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका दावा लामाले आइतबार पदभार ग्रहण गरेका छन् ।

सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा नवनियुक्त मन्त्री लामाले पदभार ग्रहण गरेका हुन् । नवनियुक्त मन्त्री लामालाई मन्त्रालयले एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । शुक्रबार मन्त्रिमण्डल विस्तार भएसँगै सोही दिन शपथ लिएका लामाले आइतबार मात्र मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

पदभार ग्रहण गरेपछि युवा तथा खेलकुदमन्त्री लामाले खेल क्षेत्रका विज्ञ व्यक्तित्व र खेल क्षेत्रमा जीवन बिताएका खेलाडी र विज्ञसँग परामर्श गरेर खेलकुद क्षेत्रमा परिणाममुखी योजनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नवनियुक्त लामा २०६४ सालको संविधानसभा सदस्य थिए । यसअघिका खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा आजै मन्त्रालयबाट बिदाइ भएका थिए । पूर्वमन्त्री विश्वकर्मालाई मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेपका सदस्यसचिव रमेश सिलवाल, उपाध्यक्ष शिव कोइरालालगायतले बिदाइ गरेका थिए । 

Global Ime bank

नवनियुक्तमन्त्री लामालाई स्वागत गर्न आयोजित कार्यक्रममा मन्त्रालयका सचिव थपलियाले मन्त्रालयले गरेका र गर्ने क्रममा रहेका गतिविधिबारे ब्रिफिङ गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १२, २०७७  १६:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC