site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पीएम कप : कर्णालीविरुद्ध एपीएफको सहज जित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । महिला प्रधानमन्त्री कप टि–ट्वान्टी क्रिकेटको पहिलो खेलमा साविक विजेता टोली एपीएफले सहज जित हात पारेको छ । शनिबार भएको खेलमा एपीएफले कर्णाली प्रदेशलाई २०४ रनको फराकिलो अन्तरले हराएको हो । 

देउखुरी अन्तराष्ट्रिय क्रिकेट मैदानमा एपीएफले दिएको २३६ रनको फराकिलो लक्ष्य पछ्याएको कर्णालीले १४ ओभर १ बलमा मात्र ३१ रन बनाउन सक्यो । 

Prabhu Bank
Agni Group
NIC Asia

कर्णालीका लागि कप्तान लक्ष्मि रावलले ६ रन बनाइन् । दीक्षा पुरीले ५ रन बनाउँदा तिर्शना विश्वकर्माले २ बनाइन् । एपीएफका लागि करुणा मण्डारीले सर्वाधिक ५ विकेट लिन सफल भइन् ।  राजमती ऐरीले दुई विकेट लिइन् ।  

त्यस्तै सोनु खड्का र रेखा रावलले एक–एक विकेट लिन सफल भइन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धातिर २० ओभरमा ४ विकेट गुमाउँदै २३५ रन बनाउन सफल भएको थियो । 

Global Ime bank

एपीएफका लागि कप्तान सीता राना मगरले अर्धशतकीय पारी खेलिन् । यो संस्करणको पहिलो अर्धशतक प्रहार गर्ने क्रममा उनले ५९ बलमा ८ चौका प्रहार गरेकी थिइन् । 

त्यस्तै एपीएफका लागि सीता मगरले ४४ रन बनाउँदा जोती पाण्डे ३२ तथा इन्दु ब्रमाले २२ रन को योगदान गरिन् । बलिङतर्फ कर्णालीका लागि दीक्षा पूरीले दुई विकेट लिँदा निशा प्राजुरी र अन्जु गुरुङले समान एक–एक विकेट लिन सफल भइन् । 

प्रतियोगिता अन्तर्गत आइतबार पहिलो खेलमा कर्णाली प्रदेशले बिहान ९ बजे लुम्बिनीसँग खेल्नेछ भने दोस्रो खेलमा एपीएफले प्रदेश २ को सामाना गर्नेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ११, २०७७  १७:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC