site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रियलको सहज जित 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । रियल मड्रिडले स्पेनिस लिगमा सहज जित निकाल्न सफल भएको छ । बुधबार राति भएको खेलमा रियलल सहज जित निकाल्दै शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंक बराबरी गरेको हो । ग्रानाडाको घरेलु मैदानमा भएको खेलमा रियल ग्रानाडालाई २–० ले हराउँदै आफूलाई अंक तालिकामा बलियो बनाउन सफल भएको हो । 

लिग अन्तर्गत अब शीर्ष स्थानको एट्लेटिको र रियल मड्रिडको समान ३२ रहेको छ । एट्लेटिकोले रियल भन्दा दुई खेल कम समेत खेलेको छ । पहिलो हाफमा गोल रहित बराबरी खेलेको रियलले दोस्रो हाफमा दुई गोल गर्न सफल भएको हो । खेलको ५७ औं मिनेटमा कासमिरोले गोल गर्दै रियललाई अग्रता दिलाएका  थिए । 
इन्ज्यूरी समयमा बेन्जिमाले गोल गर्दै रियललाई जित दिलाए । यस सिजन बेन्जिमाले ला लिगामा ८ गोल पूरा गरेका छन् ।

पहिलो हाफमा ब्राजिली विङ्गर रोड्रिगोले चोट बोकेका थिए । जितसँगै रियलको १५ खेलबाट ३२ अंक छ । यता शीर्ष स्थानको एट्लेटिकोको १३ खेलबाट ३२ अंक छ । पराजित ग्रानाडाको १४ खेलबाट २१ अंक छ । ग्रानाडा तालिकाको सातौ स्थानमा रहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ९, २०७७  ०८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC