site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
‘खेल जीवन सफल भएको अनुभव भयो’
Sarbottam CementSarbottam Cement

काठमाडौं । मण्डेकाजी श्रेष्ठ नेपाली खेलकुद क्षेत्रका लागि नौलो नाम होइन । विगत १५ वर्षदेखि उनी यस क्षेत्रमा सक्रिय छन् ।

करातेमा मण्डेले आफ्नो बेग्लै पहिचान बनाएका छन् । नेपाली खेलकुद पच्छ्याउनेले उनलाई ‘नेसन्स हिरो’का रुपमा चिन्दछन् । लामो समय खेलकुदमा लागेका मण्डेको चर्चा एक वर्षयता थप चुलिएको छ । उनले घरेलु भूमिमा सम्पन्‍न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण पदक जिते । नेपाली खेलकुद इतिहासमा करातेतर्फ एकै खेलाडीले दोहोरो स्वर्ण जितेको यो पहिलोपटक हो ।

“खेल करियरको अन्तिमसम्म देशका लागि ठूलो सफलता दिलाउने योजनामा थिएँ । खेल क्षेत्रमा पनि देशका लागि केही गर्ने योजनामा लागेँ । १५ वर्षसम्म सफलताको पछि भागेँ । आफ्नो मिहिनेतबाट कहिले टाढा भागिनँ । अन्तिममा घरेलु भूमिमा सफलता मिल्यो,’’ मण्डेले बाह्रखरीसँगको कुराकानीमा भने, ‘‘जीवनमा गरेको मिहिनेतको फल प्राप्त भएको अनुभव गरेँ । यो सफलताले दिलाएको खुसी त बेग्लै छ ।’’

Prabhu Bank
Agni Group
NIC Asia

मण्डे हाल नेपाल खेलकुद पत्रकार मञ्चले वार्षिक रुपमा आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’को मनोनयनमा परेका छन् ।

नेपाली खेलकुद क्षेत्रकै ठूलो अवार्डको मनोनयनमा परेकोमा उनी दंग छन् । आफू मनोनयनमा पर्दा खेल जीवनमा अर्को ठूलो खुसी मिलेको उनले सुनाए ।

Global Ime bank

“लामो समय बिताएको खेलजीवन सफल भएको अनुभव भएको छ । १५ वर्षको खेल जीवनमा पहिलोपटक अवार्डका लागि मनोनयनमा पर्न सफल भएको छु । यसमा जित या हार के हुन्छ भन्ने विषय बेग्लै छ । तर, हजारौँ खेलाडीबाट मनोनयनमा पर्नु नै मेरो लागि सफलता हो । यो सफलताले मलाई धेरै खुसी दिलाएको छ । अवार्ड जसले जिते पनि हालका लागि हामी सबैजना विजेता हौं,” उनले भने ।

मण्डेले १३औं सागमा नेपालका लागि पुरुषतर्फ एकल काता र टिम कातामा गरी दुई स्वर्ण जितेका हुन् । १२औं सागमा खेलाडीसँग प्रशिक्षकको भूमिकामा गएका उनी घरेलु भूमिमा भएको सागलाई गुमाउन चाहन्थेनन् । राष्ट्रिय खेलकुदमा धेरैपटक च्याम्पियन बनेका उनी देशका लागि अन्तर्राष्ट्रिय खेलकुदमा सफल बन्न समय लाग्यो । तर, परिणाम राम्रो भयो ।
No description available.
“नेपालका लागि सफल बन्ने चाहना अन्तिममा पूरा भयो । स्पोर्ट्स अवार्डका लागि पनि खेल करियरको अन्तिमतिर मनोनयनमा परेँ । जीवनमा खेल्दा जे-जति दुःख या पीडा भयो, त्यो सबै भुलेर अहिलेको खुसीलाई सम्हालेर बसिरहेको छु । यो सबै भइरहँदा जीवनमा मिहिनत गर्दा सफलता मिल्ने रहेछ भन्ने लागेको छ । यो सबै खुसीले म खेल जीवनको बाँकी अंश पनि खेलकुदमा नै लाग्नेछु,” उनले भने ।

मण्डे सक्रिय खेल करियरबाट सन्‍न्यास लिने योजनामा छन् । खेल जीवनबाट सन्‍न्यास लिए पनि उनी प्रशिक्षकको भूमिकामा आफूलाई सधैं बाँधी राख्‍ने बताउँछन् । खेलबाटै सफलता मिलेकाले यसबाट अलग रहन नसकिने उनको भनाइ छ ।

“सन्‍न्यास लिइसकेपछि बाँकी जीवन प्रशिक्षकको भूमिकामा बिताउनेछु । मैले जीवनमा जे-जति पाएँ, सबै खेलकुदबाटै पाएँ । त्यसैले खेलबाट टाढा रहन सकिन्‍न । नेपाल पुसिल क्लबले पनि मलाई धेरै कुरामा सहयोग गरेको छ । त्यहीँ धेरै खेलाडीलाई प्रशिक्षण दिलाउनेछु,” मण्डेले भने । पिपल्स च्वाइस अवार्डका लागि आफूलाई जिताउन ‘ईसेवा’मार्फत भोट गरेर माया देखाइदिन उनले अनुरोध गरेका छन् । 
-तस्बिर : हरिशजंग क्षेत्री

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC