काठमाडौं । युवा खेलाडी राफेल लेओको कीर्तिमानी गोलमा इटालियन सिरी ए फुटबलमा एसी मिलानले सहज जित हात पारेको छ । आइतबार राति भएको खेलमा लेयोले सिरि ए फुटबलको इतिहासमै सर्वाधिक छिटो गोलको कीर्तिमान कायम गरेका गरेको खेलमा मिलानले जित हात पार्न सफल भएको हो ।
लेओले सासुलोविरुद्ध खेल सुरु भएको ६ सेकेन्डमै एसी मिलानका लागि गोल गर्दै कीर्तिमान बनाएउन सफल भएका हुन् ।
उनले पिआचेन्जाका लागि पाओलो पोगीले फ्लोरेन्टिनाविरुद्ध सन् २००१ को डिसेम्बर २००१ मा कायम गरेको ८ दशमलव ९ सेकेन्डको छिटो गोलको कीर्तिमान भंग गरेका हुन् । खेलको २६ औं मिनेटमा एलेक्सिस सेलेमेकर्सले गोल गर्दै मिलान क्लबको अग्रता दोब्बर पारेका थिए । खेल सकिन एक मिनेट अघि घरेलु टोलीका डोमनिको बर्दीले एक गोल फर्काए पनि टिमलाई जित दिलाउन सकेनन् ।
जितसँगै मिलानले लिगमा एक अंकको अग्रता बनाएको छ । शीर्ष स्थानको एसी मिलानको ३१ अंक छ । सासुलो २३ अंक सहित छैटौं स्थानमा छ । दोस्रो स्थानको इन्टरको ३० अंक रहेको छ ।