खेल
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगर सख्त घाइते भएका छन् ।
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका क्रममा ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उनको घुँडामा चोट लागेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईका अनुसार विमलको ‘लिगामेन्ट’ च्यातिएको छ । उनको शल्यक्रिया गर्नुपर्ने चिकित्सकले सुझाएका छन् । शल्यक्रियापछि मात्र खेलबाट के-कति समय वञ्चित हुनुपर्ने हो थाहा हुने प्रवक्ता राईले बताए ।
यसअघि, विश्वकप छनोटको क्रममा विमल तीन महिना अनुशासनको कारबाहीमा परेका थिए । उनी लामो समयको पर्खाइपछि बन्द प्रशिक्षणमा फर्किएका हुन् । पछिल्लो समय विमल मच्छिन्द्र क्लबमा आबद्ध छन् । -रासस
फाइल तस्बिर
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७ २१:३९
प्रतिक्रिया दिनुहोस्