काठमाडौं । प्रिमियर लिग फुटबलअन्तर्गत आज (बिहीबार) म्यान्चेस्टर युनाइटेडले सेल्फिड युनाइटेडसँग प्रतिस्पर्धा गर्दै छ ।
सेल्फिडको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १:४५ मा सुरु हुनेछ । युनाइटेड आजको खेलमा जित निकाल्दै अंक तालिकामा आफूलाई बलियो बनाउने योजनामा छ ।
लिगमा ११ खेल खेलेको युनाइटेड २० अंकसहित तालिकाको नवौं स्थानमा छ । आजको खेलमा फराकिलो जित निकाल्न सके युनाइटेड आफूलाई शीर्ष पाँचमा उकास्ने योजनामा हुनेछ ।
युनाइटेड लिगअन्तर्गत भएका पछिल्ला पाँच खेलमध्ये एक खेलमा बराबरी खेलेको छ भने चार खेलमा जित निकालेको छ । घरेलु मैदानमा जित निकाल्दै सेल्फिड अंक तालिकामा आफूलाई केही राहत दिलाउन योजनामा छ । सेल्फिड अंक तालिकाको पुछारमा छ ।