site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आर्सनल समूह विजेतासँगै नकआउट चरणमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रिमियर लिग क्लब आर्सनलले युरोपा लिग फुटबलमा सहज जित हात पारेको छ । बिहीबार राति भएको समूह चरणको अन्तिम खेलमा आर्सनलले जित निकालेको हो । 

आर्सनल शतप्रतिशत जित निकाल्दै युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । प्रिमियर लिगमा कमजोर बनेको आर्सनलले आयरल्याण्डको डुनडल्कलाई ४–२ गोल अन्तरले पराजित गर्दै समूह विजेता बनेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

जितसँगै आर्सनलले ६ खेलबाट १८ अंक जोड्दै समूह विजेता बनेको छ । पराजित डुनडल्कले कुनै खेलमा जित निकाल्न सकेको छैन । 

डुनडल्कको मैदानमा १२ औं मिनेटमा एडवार्ड एनकेइटाले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । १८ औं मिनेटमा मोहमेद एल्नेनीले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । 

Global Ime bank

२२ औं मिनेटमा जोर्डन फ्लोरेसले गोल गर्दै डुनडल्कलाई २–१ को स्थितिमा ल्याए । ६७ औं मिनेटमा जोसेप विललकले गोल गर्दै आर्सनललाई ३–१ को अग्रता दिलाए । ८० औं मिनेटमा फोलारिन बालोगुनले गोल गर्दा आर्सनल ४–१ ले अघि रह्यो ।

८५ औं मिनेटमा घरेलु टोलीका सिन होआरेले गोल गरेपनि आर्सनल ४–२ ले विजयी भयो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०७७  ०९:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC