site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोरोनाकालमा यात्रु कोचाकोच !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । गाडीको सबैभन्दा माथिल्लो सिसामा लेखिएको छ, ‘बाबा गोकर्णेश्वर’ । त्यसको ठिक तल प्लेकार्डमा ‘गौशाला, एअरपोर्ट, सिनामंगल, कोटेश्वर, सातदोबाटो, तीनकुने, बल्खु’ । गाडी नम्बर बा५ख २७७२ । घडीको सुईले बिहानको १०ः१५ देखायो । गाडीमा यात्रु भरिभराउ छन् । पाइला टेक्ने ठाउँ पनि छैन । त्यसमाथि सहचालक अझै ‘पछाडि सर्नुहोस्, पछाडि सर्नुहोस्’ भन्दै कराउँछन् । कोटेश्वर हँुदै जाने बस कुर्न आधा घन्टाजस्तो समय लाग्छ । तबमात्रै यात्रा सुरू हुन्छ, बौद्धदेखिको सातदोबाटोसम्मको ।

बौद्ध, नयाँबस्तीमा बस्दै आएका कालिकोटका विष्णुदेव जैसी सातदोबाटो जान गाडी चढे । हुत्तिँदै गाडीमा झुन्डिएको डोरी समात्न पुगे । सिट सबै भरिभराउ । जसोतसो उभिएर गौशालासम्म आउन ३० मिनेट लाग्यो । बीचमा कोही ओर्लिए त कोही चढे । तर, यात्रुको संख्या थोरै भएन ।

१०ः५० मा सिनामंगल पुगेपछि जाम सुरू भयो । गाडीमा भिड । यताउता गर्ने ठाउँ छैन । “अब कतिबेरसम्म जाम हुने हो, उभिँदा–उभिँदा खुट्टा गलिसके,” उनले भने, “यात्रु कोचाएर के गर्न लाग्या होला ?”  गोकर्णेश्वर–बल्खु सडकखन्डमा सवारी हाँक्दै आएका रामेछापका दिलीप लामाले भने, “मिलेर बसौँ । अगाडि ट्राफिक छ । ढोका लगा भाइ, ट्राफिकले समात्छ ।” मुस्किलले ढोका लगाउँछन्, सहचालक ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

 

Royal Enfield Island Ad

 

यहाँ सधैँको लामो सवारी जाम । केही यात्रु ‘ढिलो हुन्छ’ भन्दै झरे । ४० सिट क्षमताको गाडी ती यात्रु ओर्लँदा पनि खाली भएन । सिनामंगलदेखि कोटेश्वर पुग्न एक घन्टा लाग्यो । जडीबुटी–कोटेश्वर सडकखन्डमा बिहान–बेलुका कार्यालय समयमा सवारी जाममा नपरेको दिनै हुँदैन । कोटेश्वर भित्रिने र बाहिरिने सवारी ट्राफिक जाममा फसेकै हुन्छन् । कार्यालय समयमा यात्रुको चाप बढी हुन्छ । सडक चौडा भएपनि जाम हुन्छ नै ।

समस्या कोटेश्वरको मात्रै होइन, राजधानीका अधिकांश सडकमा जाम हुन्छ । मुख्यगरी थानकोट, कलंकी, कोटेश्वर, तीनकुनेमा सवारी बढी जाममा परेको देखिन्छ । चालक लामा बोले, “यो रुटमा दिनमा तीन टिपभन्दा बाहेक गाडी चलाउनै पाइँदैन । कमाइ धेरै हुँदैन । सबै समय जाममै बित्छ ।”

११ः४५ बज्यो । बल्ल–तल्ल गाडी गन्तव्यतिर बढ्यो ।

 

 

सवारी जाम कम गर्न नयाँ–नयाँ ट्राफिक मापदण्ड बनाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराई बताउँछन् । अहिले अनुगमन टोलीले सडक जामको अवस्थाबारे अध्ययन गरिरहेको उनले जानकारी दिए ।

ट्राफिक महाशाखाले नयाँ अनुसन्धान थालेको हो । अनुसन्धानपश्चात् प्रभावकारी योजना ल्याउने महानगरीय ट्राफिकको तयारी छ ।

“सडकमा बढ्दो सवारी चापका कारण हुने ट्राफिक जाम कम गर्न जडीबुटी, कोटेश्वर, तीनकुने, कलंकी ८ लेन सडकखन्डमा लेन प्रयोगमा जोड दिँदै आएका छौं,” उनले भने, “सवारीमा यात्रा गर्दा गाडीको क्षमताभन्दा बढी मानिस हालेको पाइएमा कारबाही पनि गर्दै आएका छौं ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०७७  १३:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro