site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति राखेपकोे बोर्ड बैठकबाट तय हुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगत वहादुर बिश्वाकर्र्माले गण्डकी प्रदेशको पोखरामा संचालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति राखेपको आगामी बोर्ड बैठकमा तय गरिने बताएका छन् । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा संचालन भएको अन्तक्रिया कार्यक्रममा उनले नवौंको मिति तोक्ने जिम्मेवारी राखेपलाई भएको बताए । साथै उनले खेलाडीको स्वास्थ्यलाई जोखिममा राखेर राज्य अगाडि बढ्न नसक्ने भएकाले कोभिडको प्रभाब र असरलाई ध्यानमा राखेर मिति तय गर्न सुझाव दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

“१३औं साग सम्पन्न पश्चात एक वर्षको अवधिमा खेलकुदले धेरै कुरा गुमाएको छ, कोरानाको परिवेश नभएको भए नवौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा आयोजना हुने थियो । अझै पनि नवौं राष्ट्रिय खेलकुुद हुन्छ त्यसका लागि राखेपले उपयुक्त मिति तय गर्नेछ,” मन्त्री विश्वकर्माले भने । 

अन्तरक्रियामा नवौं राष्ट्रिय खेलकुद–२०७७ आयोजना तथा संचालन सम्बन्धी विषयमा छलफल भएको थियो । त्यस्तै राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को कार्यन्वयन तथा राष्ट्रिय संघको जिम्मेवारी दायित्व र खेल गतिविधि संचालन र सुचारु गर्ने सम्बन्धमा ३६ राष्ट्रिय संघबीच छलफल भएको थियो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०७७  ०७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC