site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अन्तिम एकदिवसीयमा अष्ट्रेलियाविरुद्ध भारतको जित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अष्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा भारतले जित निकालेको छ । बुधबार भएको अन्तिम एकदिवसीयमा भारतले अष्ट्रेलियामाथि १३ रनको जित निकालेको थियो । 

मानुका ओभलमा भारतले जितका लागि दिएको ३०३ रनको लक्ष्य अष्ट्रेलियाले ४९ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै २८९ रन बनायो । अष्ट्रेलियाका लागि कप्तान अरोन फिन्च र ग्लेन म्याक्सवेलले अर्धशतकीय पारी खेले । 

८२ बल खेलेका फिन्चले ७ चौका र ३ छक्काको सहयोेगमा ७५ रन बनाए । त्यस्तै ३८ बल खेलेका म्याक्सवेलले ३ चौका र ४ छक्काको सहयोगमा ५९ रन बनाए । 

Prabhu Bank
Agni Group
NIC Asia

बलिङतर्फ भारतका लागि शर्दुल ठाकुरले सर्वाधिक तीन विकेट लिए । त्यस्तै जस्प्रित भुम्राहाल र नटराजनले दुई/दुई विकेट लिए । 

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ३०२ रन बनाउन सफल भएको थियो । भारतका लागि हार्दिक पाड्या, कप्तान विराट कोहली र रविन्द्र जडेजाले अर्धशतकीय पारी खेले । ७६ बल खेलेका पाड्याले ७ चौका र १ छक्काको सहयोगमा ९२ रनको योगदान गरे । 

Global Ime bank

त्यस्तै ७८ बल खेलेका कोहलीले ५ चौकाको सहयोगमा ६३ रन बनाए । कोहलीले आजको खेमला एकदिवसीय क्रिकेटमा कम इनिङसमा १२ हजार रन पूरा गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । उनले भारतीय टोलीका पूर्व खेलाडी सचिन तेन्दुलकरको नाममा भएको कीर्तिमान भङ्ग गरेका हुन् । 

भारतका लागि ५० बल खेलेका जडेजाले ५ चौका र ३ छक्काको सहयोगमा ६६ रन बनाउन सफल भएका हुन् । भारतका लागि सुभम गिलले ३३ रन बनाउँदा शिखर धावनले १६ रन बनाउन सफल भए । 

बलिङतर्फ अष्ट्रेलियाका लागि एस्टोन अगरले दुई विकेट लिए । त्यस्तै जोस हजेल, सेन अबोट र आदम जाम्पाले समान एक–एक विकेट लिए । 

एकदिवसीय सिरिज भने अष्ट्रेलियाले जिति सकेको थियो । यसअघिका दुई खेलमा सहज जित निकाल्दै अष्ट्रेलियाले सिरिज जितेको थियो । 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७  १८:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC