site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी राजनीति
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा यसपटक राम्रो पक्ष वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा विधानअनुसार स्वत: अध्यक्ष बन्दै छन् । नराम्रो पक्ष नेतृत्वका लागि राजनीति नहोस् भनेर महासंघको विधान परिवर्तन गरिएको थियो तर अब यो राजनीति वरिष्ठ उपाध्यक्ष कसलाई बनाउने र नबनाउने भन्‍नेतिर सरेको छ ।

शेखरको राम्रो पक्ष उनी व्यावसायिक घरनाबाट आएका हुन् । व्यवसाय बुझेका छन् । तर, स्वत: अध्यक्ष बन्दै गर्दा निष्पक्ष भई महासंघमा राजनीति प्रभाव कम गर्ने प्रयास गर्नुपर्नेमा शेखरले वरिष्ठ उपाध्यक्षका आंकाक्षी उमेदवारबीचको गुटमा छिरेका छन् । देखिएका छन् । 

महासंघमा पहिले सक्षम वा अक्षम जो-कोही अध्यक्ष निर्वाचित हुँदा तीन वर्ष झेल्नुपर्ने हुन्थ्यो । तर, अहिले वरिष्ठ उपाध्यक्ष अक्षम परे भने ६ वर्ष झेल्नुपर्ने अहिलेको अवस्था छ । यसले गर्दा राजनीति भयो भनेर परिवर्तन गरिएको विधानले निजी क्षेत्रलाई अझ कमजोर बनाउने जोखिम देखिएको छ । वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने विधानको व्यवस्थालाई सफल बनाउन पनि महासंघमा योग्य र व्यवसाय बुझेको निजी क्षेत्रका लागि लबिइङ गर्न सक्ने नेतृत्व जानु आवश्यक छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अहिले नेपालको निजी क्षेत्र पहिलेभन्दा कमजोर अवस्थामा छ । अर्थतन्त्र बिचौलियाको दबदबामा छ । सरकारको नीति-नियम निजी क्षेत्रलाई अगाडि बढाउने होइन भूमिका खुम्च्याउनेतर्फ गइरहेका छन् । निजीकरण, आर्थिक उदारीकरण, आर्थिक सुधार, सुशासन पछाडि परेका छन् । विदेशबाट प्राप्त रेमिट्यान्सले मात्र अर्थतन्त्र चलायमान बनिरहेको छ । यो अवस्थामा निजी क्षेत्रको पक्षमा लबिइङ गर्न सक्षम, आर्थिक उदारीकणको पक्षधर मजबुत टिम महासंघको नेतृत्वमा आउनुपर्छ । व्यवसायमा असफल र परम्परागत सोच राख्‍ने समूहले अबको निजी क्षेत्र हाँक्न सक्दैन । 

उद्यमी व्यवसायी चाहे कुनै जिल्लामा पसल राखेर व्यवसाय गर्ने नै किन नहुन् निजी क्षेत्र र आर्थिक उदारीकरणलाई बढावा दिने नीति आयो भनेमात्र सबैलाई फाइदा हुने हो । 

Global Ime bank

महासंघमा विनोद चौधरी र त्यसपछि पद्म ज्योति हुँदासम्म आर्थिक नीतिबारे छलफलहरु हुन्थे । निजीकरण, नेपालका पक्षमा उदार मानिएको नेपाल-भारत वाणिज्य सन्धि पनि त्यहीवेला भयो । तर, त्यसपछि महासंघमा आफ्नो पक्षका उमेदवार सार्ने प्रवृत्ति देखियो महासंघ पनि कमजोर हुँदै गयो । यसमा पनि उद्योग व्यवसाय कमजोर भएका व्यक्ति महासंघको नेतृत्वमा पुग्दा निजी क्षेत्रको भूमिका नै खुम्चियो । यही देखेर महासंघको जिल्ला उद्योग वाणिज्य संघको हैसियत पाएको नेपाल चेम्बर अफ कमर्सले समेत महासंघलाई छाड्यो ।

महासंघमा कमजोर नेतृत्व आउँदा संस्था पनि कमजोर हुन्छ भन्‍ने थुप्रै उदाहरण छन् । केही वर्षअघि उद्योग व्यवसायीको एक समूह कोलकाता भ्रमणमा थियो । त्यहाँ व्यवसायीको व्यवहार देखेर महावाणिज्य दूतले भनेका थिए यो टोली त मलाई व्यवसायीको होइन मजदुर नेताको जस्तो लाग्यो । हल्काफुल्का प्रस्तुत हुने प्रवृत्तिले व्यवसायीलाई नोक्सान पुर्‍याएको छ । 

जिल्ला होस् वा केन्द्र देशभरका व्यवसायीले पटक-पटक आफ्नो विवेक प्रयोग गरेर सही नेतृत्व छानेका पनि छन् । कुशकुमार जोशीले अध्यक्षमा जित्‍नु, प्रदीपजंग पाण्डेले उपाध्यक्ष र अध्यक्ष चयन हुनु यसका उदाहरण हुन् । यसपटक पनि यही आशा गर्न सकिन्छ । 

महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि चन्द्र ढकाल र किशोर प्रधान समूह नै बनाएर चुनावी दौडाहामा लागेका छन् । प्रतिस्पर्धा हुने भएपछि उचाल्ने खेलाडीहरु देखिनै नै भए । यी उमेदवारलाई बोकेर भिडाउने समूह पनि मैदानमा छ । 

प्रधानले महासंघलाई बलियो बनाउने अभियानमा आफू पुजारी बन्‍न उमेदवारी दिएको दाबी गरेका छन् । नेपालको निजी क्षेत्र बलियो हुँदा मात्र महासंघ बलियो हुने हो । त्यहाँ पुजारी गएर बलियो हुने होइन । आइपरेमा निजी क्षेत्रका पक्षमा कडा लबिइङ गर्न सक्ने सक्षम टिम महासंघमा आवश्यकता छ । यसको आशय सरकारको विरोधी नै हुनुपर्छ भन्ने होइन । व्यवसायीले सरकारसँग निकट भएरै आफ्ना मुद्दाहरु पूरा गराउन लबिइङ गर्ने हो । व्यक्तिगत प्रभाव पार्न महासंघमा जान खोज्‍नु वा त्यहाँभित्र बसेर राजनीति गरिरहने दुवै प्रवृत्तिले निजी क्षेत्रलाई फाइदा पुग्दैन । 

चन्द्र ढकालको विशेषता उनी व्यवसायमा सफल व्यक्ति हुन् । उनले देशभित्रै रोजगार वृद्धि निजी क्षेत्रको भूमिका विस्तारको कुरा उठाएका छन् । तर, एउटा राम्रो टिम भयो भने मात्र ढकालले उठाएका मुद्दामा महासंघले काम गर्न सक्छ । अहिलेकै जस्तो राजनीति रहने हो भने ढकालले उठाएका राम्रा मुद्दाको पनि कुनै अर्थ रहँदैन ।

नेपालको पुरानो व्यावसायिक घरनाका शेखरले महासंघ अध्यक्ष बन्‍नलायक छन् । तर, उनको चुनौती पनि कस्तो टिम आउँछ भन्‍ने नै हो । आफू सफल हुन गोल्छाले पहिले निजी क्षेत्र गुटबन्दीबाट आफूलाई अलग गर्नुपर्छ । एउटा योग्य टिम ल्याउन उनले पहल गर्नुपर्छ । आनन्द बगरागिया, अन्जन श्रेष्ठ, सौरभ ज्योति, रञ्‍जित आचार्य, साहिल अग्रवाललगायत अन्य युवाको समूह महासंघभित्र व्यवसायीका मुद्दामा सक्रिय हुनुपर्छ ।

शेखरले सरकारको समाजिक सुरक्षा योजना कार्यक्रमको तारिफ गर्दै लेख लेखेको थिए । उनले त्यसरी प्रस्तुत हुनु हुँदैनथ्यो । त्यो कार्यक्रम अहिले आलोचनाको घेरामा परेको छ । निजी क्षेत्रले नै रुचाएको देखिँदैन । निजी क्षेत्रभित्र आर्थिक नीतिमा बृहत् छलफल नहुँदा उक्त कार्यक्रमबारे निजी क्षेत्रनै अल्मलिएको हो । शेखरलाई यस्तो अर्को गल्ती गर्ने सुविधा अब हुँदैन ।

प्रभावका दृष्टिले महासंघलाई विनोद चौधरी र पद्म ज्योतिले छाडेको स्थितिमा कसरी पुर्‍याउने अहिलेको मुख्य चुनौती हो । सरकारलाई निजी क्षेत्रको हितमा काम गर्न दबाब दिन सक्ने व्यवसायी नेतृत्वमा जानुपर्छ । त्यसैले महासंघको यो चुनाव उदार पक्षधर र यथास्थितिवादीका बीच हुँदै छ । निजी क्षेत्रको हितका लागि उदारपक्षधरले हार्नु हुँदैन ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०७७  १४:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC