site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रम मन्त्रालयको चालु आर्थिक वर्षको खर्च ३४.१७ प्रतिशत मात्रै
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/०८१ मा ३४.१७ प्रतिशत मात्रै खर्च भएको बताएको छ । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले चालु आर्थिक वर्षमा हालसम्म (२०८१ वैशाख १२ गतेसम्म) ३४.१७ प्रतिशत मात्रै खर्च भएको जानकारी दिए ।

कुल विनियोजित बजेट एक अर्ब ८८ करोड १६ लाख रुपैयाँ रहेकोमा हालसम्म ६४ करोड २९ लाख ८९ हजार रुपैयाँ (३४.१७ प्रतिशत) मात्रै खर्च भएको उनले बताए । चालुतर्फ एक अर्ब ८० करोड २० लाख रुपैयाँ विनियोजन भएकोमा ६२ करोड ३९ लाख रुपैयाँ (३५ प्रतिशत) खर्च भएको र पुँजीगततर्फ सात करोड ९६ लाख रुपैयाँ विनियोजन भएकोमा एक करोड ९० लाख रुपैयाँ (२३.९५ प्रतिशत) खर्च भएको उनले स्पष्ट पारे । 

मन्त्री अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि कुल पाँच अर्ब ९४ करोड रुपैयाँ विनियोजन भएकोमा वित्तीय हस्तान्तरण गरी स्थानीय तहबाट कार्यान्वयन हुने पाँच अर्ब ३६ करोड रुपैयाँमध्ये एक अर्ब १४ करोड ५३ लाख ९९ हजार रुपैयाँ (२१ प्रतिशत) खर्च भएको बताए । मन्त्रालयबाट कार्यान्वयन हुने ५७ करोड ७८ लाख रुपैयाँमध्ये चार करोड ११ लाख ५९ हजार रुपैयाँ (७.१२ प्रतिशत) खर्च भएको उनले बताए । 

त्यसैगरी व्यावसायिक तथा सीप विकास तालिमतर्फ सीप विकास तालिम प्रतिष्ठानबाट कार्यान्वयन हुने विनियोजित बजेट रकम २९ करोड ३३ लाख रुपैयाँमध्ये चार करोड २३ लाख १५ हजार रुपैयाँ (१४.४३ प्रतिशत) खर्च भएको बताइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १५:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro