site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
अमेरिकी चुनावमा सामाजिक सञ्जालको तयारी कस्तो छ ? 
Sarbottam CementSarbottam Cement

बीबीसी । नोभेम्बर ३ मा हुने अमेरिकी निर्वाचनको नतिजा त्यही दिन राति नआउने लगभग पक्का छ । अप्रत्याशित सङ्ख्यामा रहेको पोस्टल भोटका कारण निर्वाचन सकिन र नतिजा घोषणा हुन केही दिन या केही हप्तासम्म लाग्न सक्छ । र बीचका यिनै अनिश्चित दिनहरुमा सर्वसाधारणबीच अशान्ति फैलन सक्ने त्रास बढेको छ । किनकी सो समयमा दुवै पक्षले आफ्नो जित दाबी गर्न सक्छन् भने नतिजाको बारेमा गलत सूचनाहरु प्रवाह हुन सक्छ । 

विशेषगरी सामाजिक संजाल मार्फत आक्रोश, फेक न्युज र घृणात्मक सन्देश फैलिएमा तनाव सिर्जना हुन सक्छ । यसकारण पनि सबै ठुला सामाजिक सञ्जाल प्ल्याटफर्महरुले यस्तो हुन नदिन आ–आफ्नो तर्फबाट विभिन्न तयारी गरिरहेका छन् । 

ट्वीटर : ट्वीटरले बताए अनुसार निर्वाचनको दिन सकिएपछि आधिकारिक नतिजा नआएसम्म कोहीपनि उमेदवारले आफ्नो जित दाबी गर्न पाउने छैनन् । त्यसैगरी उनीहरुले मतदान प्रक्रियामा अवरोध पुर्याउने किसिमका कुनैपनि सामग्री ट्वीट या रिट्वीट गर्न पनि नपाउने ट्वीटरले बताएको छ । त्यस्तो गर्न खोजेमा ट्वीटरले प्रयोगकर्ताहरुलाई चुनाव सम्बन्धी उचित र अप–टु–डेट जानकारीहरु तर्फ केन्द्रित गराउने बताएको छ । यसको अर्थ ट्वीटरले त्यस्ता ट्वीटहरु हटाउने छैन तर त्यसलाई सम्भावित जोखिमपूर्ण भनेर चेतावनी दिनेछ । यसअघि नै ट्वीटरले अमेरिकी निर्वाचनलाई लक्षित गर्दै ‘रिट्वीट’ बटनमा केही बदलाव ल्याएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

फेसबुक :  गत महिना ‘वाल स्ट्रिट जर्नल’ ले सार्वजानिक गरेको रिपोर्टमा फेसबुकले अल्गोरिदम सम्बन्धी बदलाव ल्याउने योजना बनाइरहेको बताइएको थियो जसले हिंसालाई बढावा दिने किसिमका भाइरल पोस्टहरु या फेक न्युजलाई दबाउने काम गर्नेछ । यति मात्र नभएर निर्वाचनाको नतिजा सम्बन्धी गलत कुरा फैलाउने ‘ह्यासट्याग’ लाई समेत फेसबुकले डिएक्टिभेट गरिदिने बताइएको छ । फेसबुकले श्रीलंका र म्यानमारमा यिनै नीतिहरु अपनाउँदै आएको छ । मतदान सम्बन्धी फेक न्युजलाई अहिले नै फेसबुकले लेबल गर्ने काम गरिरहेको छ । र निर्वाचनकोे नजिता सम्बन्धी सत्य जानकारीहरु प्रवाह गर्न फेसबुकले रोयटर्ससँग सहकार्य गर्ने पनि बताएको छ । 

रेडिट : यता रेडिटका नीतिहरु भने फेसबुक र ट्वीटर भन्दा कडा हुने देखिएको छ । रेडिटले निर्वाचनको नतिजालाई गलत तरिकाले प्रस्तुत गर्ने, झुक्याउने या गलत जानकारी फैलाउन खोज्ने कुनैपनि विवादास्पद पोस्टलाई साइटमा अनुमति नदिइने र पूर्ण रुपमा हटाइने बताएको छ । साथै यसले निर्वाचनपछि के हुनेछ भन्ने सम्बन्धी पनि छुट्टै पेज समर्पित गरि तयार पारेको छ । त्यसमा चुनाव सकिएपछिका घटनाहरुबारे जानकारी दिन ‘आस्क मि एनिथिङ’ नामक सिरिज सञ्चालन गरिनेछ । यसमा विज्ञहरुले मतदान सम्बन्धी सबै जिज्ञासाको जवाफ दिनेछन् र आगामी दिनहरुमा सबैले के अपेक्षा गर्न सक्छन् भन्ने पनि थाहा पाउन सकिनेछ । 

Global Ime bank

गुगल र युट्युब : गुगलले चाहिँ निर्वाचन सम्बन्धी सही जानकारीहरु प्रदान गर्न असोसिएट प्रेस, एपीसँग सहकार्य गरिरहेको छ । यसमा हामीले चुनावपछि ‘कसले जित्यो’ भनेर गुगलमा सर्च गर्यौँ भने, गुगलले नतिजाका लागि एपीको न्युज साइट देखाउनेछ । त्यस्तै युट्युबले २०२० निर्वाचनलाई लक्षित गरिएका विज्ञापनहरु पनि केही समयका लागि स्थगित गर्ने जानकारी दिएको छ । मानिसहरु द्विविधामा नपरुन् भनेर यस्तो गर्न लागिएको कम्पनीले बताएको हो । र नतिजा बदल्न ‘मेल–इन’ का मतहरुमा जालझेल गरिएको भन्ने जस्ता गलत दाबीयुक्त सामग्री पनि हटाइने युट्युबको भनाइ छ । 

स्न्यापच्याट :  निर्वाचन सम्बन्धी स्न्यापच्याटको तयारी अन्य सामाजिक संजाल भन्दा फरक रहेको छ । यसमा कुनै न्युजफिड नभएकाले पनि गलत सूचनाहरु भाइरल हुने सम्भावना कम हुन्छ । तरपनि स्न्यापच्याटले आफ्नो ‘डिस्कभर’ फिचरमा देखा पर्ने सामग्रीहरुलाई निर्वाचनबारे जानीनजानी गलत जानकारी फैलाउनबाट रोक्न कडाइ गरिने बताएको छ । यस्तै अन्य तरिकाहरुबाट स्न्यापच्याटको दुरुपयोग नहोस् भनेर कम्पनीले छुट्टै आन्तरिक टास्क फोर्स पनि स्थापित गराइसकेको बताएको छ । 

टिकटक : टिकटकले पनि निर्वाचन अवधिभरि स्वतन्त्र तथ्य निरीक्षकहरुसँग काम गरिरहने र नतिजा लगायत चुनाव सम्बन्धी सबै गलत जानकारीहरु डिलिट गरिदिने बताएको छ । यसका साथै कम्पनीले अमेरिकी निर्वाचनकै लागि भनेर ‘इन–एप रिपोर्टिङ’ को अप्सन पनि राखिदिएको छ जस मार्फत प्रयोगकर्ताहरुले गलत कुरालाई ‘फ्ल्याग’ लगाएर त्यसबारे खबर गर्न सक्छन् । टिकटकले भनेको छ, “यो महत्वपूर्ण समयमा हामी समुदायको हित कायम राख्न प्रतिबद्ध भएर लाग्नेछौँ ।”

यसरी अमेरिकी चुनावकै लागि भनेर सबै सामाजिक संजाल कम्पनीहरुले यस प्रकारको तयारी गर्नुले यो विषयलाई सबैले अधिक गम्भीरतापूर्वक लिइरहेका छन् भन्ने स्पष्ट हुन्छ । तर माथि उल्लेखित सबै उपाय कति प्रभावकारी साबित हुनेछन् भन्ने चाहिँ आगामी दिनहरुमा मात्र थाहा पाउन सकिनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०७७  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC