site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
युरोपेली आयोगसँग सहकार्यका क्षेत्र बढ्ने प्रधानमन्त्रीको विश्वास
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र युरोपेली आयोग (इयु) बीचको सम्बन्ध अझ प्रगाढ बनाउँदै सहकार्यका नयाँ क्षेत्रमा कार्य हुने विश्वास व्यक्त गरेका छन् । 

प्रधानमन्त्री ओलीले नेपालका लागि युरोपेली आयोगका नवनियुक्त डेलिगेसनका प्रमुख (राजदूत) नोना डिप्रेजले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा गर्नुभएको शिष्टाचार भेटमा क्रममा नयाँ राजदूतलाई स्वागत गर्दै उहाँको कार्यकालमा आपसी सम्बन्ध अझ प्रगाढ होस् भन्ने कामना गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

भेटमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले नेपाल र ईयूबीच धेरै विषयमा समनता रहेको जनाउँदै इयुले कोभिड-१९ को रोकथाम र उपचारलगायत विविध विषयमा गर्दै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरे । 

जवाफमा राजदूत नोनाले नेपालमा जलवायु परिवर्तनलगायत क्षेत्रमा आफूहरुले थप सहकार्य गर्न चाहेको र विगतदेखि हुँदै आएको सहयोगको निरन्तरता हुने बताएका थिए । - रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७  १९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC