site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लिभरपुल विजय
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी भएको छ । शनिबार राति भएको खेलको लिभरपुल सेफिल्ड युनाइटेडमाथि २-१ ले विजयी भएको हो ।

लिभरपुलको जितका लागि रोर्बो फिर्मिनो र डिओगो जोटाले एक एक गोल गरे । सेफिल्डी पुनाइटेडका लागि सान्डर बेर्गेले एक गोल गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

लिभरपुलको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता भने पाहुना टोली सेफिल्ड युनाइटेडले लिएको थियो । खेलको १८औं मिनेटमा बेर्गेले पेनाल्टीमा गोल गर्दै सेफिल्डलाई अग्रता दिलाएका थिए । 

लिभरपुलका फाबिन्होले पेनाल्टी क्षेत्रमा गम्भीर ट्याकल गरेपछि सेफिल्ड युनाइटेडलाई भीआरको सहायताबाट रेफ्रीले पेनाल्टी दिएको थिए । उक्त पेनाल्टीलाई बेर्गेले गोलमा परिणत गरेका थिए ।

Global Ime bank

पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा लिभरपुलले बराबरी गोल फर्कायो । ४१औं मिनेटमा लिभरपुलमा फिर्मिनोले मानेको हेडर पासमा गोल गर्दै पहिला हाफमा खेल १-१ को बराबरीमा ल्याएका हुन् ।

त्यस्तै हाफमा लिभरपुलका लागि जोटाले थप एक गोल गरे । उनले खेलको चौथो मिनेटमा साडिओ मानेको पासमा गोल गरे । जोटाले निर्णायक गोल गर्दै लिभरपुललाई २-१ को जित दिलाए ।

यस जितसँगै लिभरपुलले ६ खेलबाट १३ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित सेफिल्ड युनाइटेड भने एक अंक जोड्दै तालिकाको पुछारबाट दोस्रो स्थानमा छ । -एजेन्सी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०७७  ०६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC