site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पहिलो एल क्लासिकोमा बार्सिलोना पराजित
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोना पराजित भएको छ । घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोना रियल मड्रिडसँग ३–१ ले पराजित भएको हो । 

शनिबार राती भएको खेलमा पाहुना टोली रियलको जितका लागि फेडेरिको भलभार्डे, सर्जिओ रामोस र लुका मोड्रिचले एक एक गोल गरे । बार्सिलोनाका लागि युवा खेलाडी अन्सु फातीले एक गोल फर्काएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

खेलको पाँचौ मिनेटमा नै पाहुना टोली रियलले बार्सिलोनाविरुद्ध अग्रता लिएको थियो । करिम बेन्जेको पासमा फेडेरिको भालभार्डेले गोल गर्दै रियललाई १–० को अग्रता दिलाएका थिए । तर, त्यसको तीन मिनेट नबित्दै बार्सिलोनाले बराबरी गोल फर्काएका हो । 

खेलको ८ औं मिनेटमा फातिले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । उनले जोर्डी अल्बाको पासमा गोल गर्दै खेल पहिलो हाफमा १–१ को बराबरीमा ल्याए । फातिको गोल एल क्लासिकोमा बार्सिलोनाले रियलविरुद्ध गरेको ४ सयौं गोल समेत हो । तर, दोस्रो हाफमा थप दुई गोल खाँदै बार्सिलोना पराजित भएको हो । 

Global Ime bank

६० औं मिनेटमा कप्तान रामोसले पेनाल्टीम गोल गर्दै रियललाई पुनः अग्रता दिलाए । रियलको फ्रिकिक बलमा पेनाल्टी क्षेत्रभित्र बार्सिलोनाका डिफेन्डर सेर्जिनो डेस्टले ह्यान्ड गरेपटि रेफ्रीले भीआरको सहायताबाट पेनाल्टी दिएको थियो । सोही पेनाल्टीमा रामोसले गोल गरेका हुन् । 

त्यसपछि खेलको अन्तिम मिनेटमा लुका मोड्रिचले गोल गरे । उनले रोड्रिगोको पासमा गोल गर्दै रियललाई ३–१ को सहज जित दिलाए । यस जितसँगै रियलले ६ खेलबाट १३ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । पराजित बार्सिलोना भने पाँच खेलबाट ७ अंक जोड्दै १० औं स्थानमा रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०७७  २१:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC