site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
बुबाको पाइला पछ्याउँदै जेमी !
Sarbottam CementSarbottam Cement

एजेन्सी । बलिउड कलाकारमध्ये जोनी लिबर एक त्यस्ता कलाकर हुन् जसले हास्य कलाकारका रुपमा इन्डस्ट्रीमा आफ्नो अलग प्रभाव पार्न सफल भएका छन् । उनै प्रख्यात कलाकार जोनी लिबरजस्तै उनकी छोरी जेमी लिबर पनि उनकै पाइला पछयाउँदै अघि बढिरेकी छन् ।

जेमी अहिलेसम्म हास्य कलाकार कपिल शर्माको चलचित्र ‘किस-किस को प्यार करुँ’ र ‘हाउस फुल ४’ मा मात्रै देखिएकी छन् । तर उनले स्ट्यान्डअप कमेडीमा आफ्नो अलग स्थान बनाउन सफल भएकी छिन् ।

कमेडीमा बुबा-छोरीको हिट जोडी

Prabhu Bank
Agni Group
NIC Asia

यो बुबा-छोरी जोडीले भारतमा मात्र नभई विदेशमा पनि कैयौं स्टेज शोमा उत्कृष्‍ट प्रस्तुति दिइसकेका छन् । उनीहरु एक सफल जोडी हुन् ।

बीबीसी हिन्दीसँग बुबाबारे जेमी यसो भन्छिन्, “बुबा घरमा हुँदा एकदमै साधारण जीवन बिताउनुहुन्छ, आफ्नो बाल्यकाल र संघर्षको कथाहरु सुनाउनुहुन्छ । तर जब म उहाँसँग कुनै कार्यक्रमका लागि जान्छु, स्टेजमा मलाई एकदमै डर लाग्छ ।”

Global Ime bank

उनी आफ्नो डर यसरी सुनाउँछिन्, “स्टेजमा उहाँ मेरो बुबा नभई एक हाकिम हुनुहुन्छ, उहाँ एक कडा हाकिम हुनुहुन्छ र उहाँ काममा मेरो तर्फबाट कुनै पनि लापरबाही मन पराउनुहुन्‍न । बुबाले आफ्नो यो पहिचान कमाउन धेरै वर्ष संघर्ष गर्नुभयो । मलाई डर लाग्छ कि म स्टेजमा कुनै गल्ती नगरुँ, त्यसैले स्टेजमा जानुभन्दा अघि म दुई गुणा बढी मिहिनेत गर्छु ।”

आज जेमीले यो क्षेत्रमा जति पनि हासिल गरेकी छिन् त्यो आफ्नो बुबाको कडा प्रशिक्षण र साथले पाएको विश्वास गर्छिन् । 

 

 

रचनात्मक काम गर्ने इच्छा

मुम्बईमा आमसञ्‍चार र लन्डनको वेस्टमिन्स्टर युनिभर्सिटीबाट मार्केटिङ कम्युनिकेसनमा स्‍नातकोत्तर डिग्री प्राप्त गरेपछि उनले लन्डनकै एक कम्पनीमा बिक्री कार्यकारीका रुपमा काम पनि गरिन् । तर उनी यसलाई बीचमै छाडेर एक दिन मुम्बई फर्किइन् ।

दुई अलग विधामा स्तातकोत्तरको डिग्री पाएकी जेमीले स्ट्यान्डअप कमेडी रोज्नुको कारण यसरी सुनाउँछिन्, “सानै उमेरदेखि मलाई साथीहरु, शिक्षकहरु, बुबाआमा र अन्यको नक्कल गर्न मन पर्थ्यो । मेरा आमाबुबा मेरो यो रुचि राम्रोसँग चिन्नुहुन्थ्यो । तर उहाँहरु पहिला मेरो र मेरो भाइको पढाइ पूरा भएर अरु कुनै पेसा रोजेपछि बल्ल आफ्नो रुचि पूरा गरोस् भन्ने चाहन्थे ।”

सिर्जनात्मक काम गर्ने चाहनामा जेमी भन्छिन्, “म लन्डनमा हुँदा सोच्ने गर्थे कि म त्यस्तो के काम गरुँ जसले मलाई खुसी मिलोस्, किनभने म त्यहाँ खुसी थिइन् । त्यसैले मैले सबै छाडेर मुम्बई फर्किएँ । जब म मुम्बई फर्किएर बुबालाई योबारे सुनाएँ तब बुबाले भन्नु भयो कि यदि तिमीले यही निर्णय लिएकी हौं भने अब तिमी आफ्नो लागि बाटो पनि आफैं खोज, म तिमीलाई कुनै मद्दत गर्दिनँ ।”

आफ्नै क्षमताले पहिचान बनाएँ

बुबाले आफूलाई कुनै सहयोग नगर्नेभन्दा जेमी दुखी भइनन् । किनभने उनलाई थाहा थियो बुबाले पनि आफ्नै क्षमता र लगनशीलताका कारण आजको पहिचान बनाउन सफल भएका थिए ।

जेमीले पनि बुबा जोनीजस्तै करिअर सुरु गर्नुपर्‍यो । आफ्नो सुरुवाती दिन सम्झिँदै जेमी भन्छिन्, “मैले स्टेज शो गर्न थाल्दा त्यहाँ धेरैजसोले मलाई यसअघि कहीँ न कहीँ देखिसकेका थिए । उनीहरुलाई थाहा थिएन कि म जोनी लिबरकी छोरी हुँ । मानिसहरुले मलाई स्टेज शो, त्यसपछि टीभी शोमा देखेँ र पछि मेरो केही युट्युब भिडियो भाइरल भए । त्यसपछि चलचित्रमा काम पाउन थालियो । यसका लागि न कसैलाई फोन गरेँ, न त कसैसँग सहयोग मागेँ । एकदम साधारण तरिकाले बिस्तारै-बिस्तारै मेरो बाटो अघि बढ्दै गए ।”

 

 

कलाकारहरुको नक्कल (मिमिक्री) गर्नु सजिलो काम होइन

हामीले धेरै पुरुष कलाकारहरु देखेका छौं जसले कलाकारहरुको नक्कल (मिमिक्री) गर्छन्, तर सफलता हासिल गरेका महिलाहरुमा एकदमै थोरै मात्र छन् ।

जेमी यिनै थोरै सफल नाममध्ये एक हुन्, जसले कलाकारहरुको नक्कल गर्छिन् र उनीहरुको अभिनयको हुबहु नक्कल पनि गर्छिन् । आफ्नो यही प्रतिभाबारे कुरा गर्दै उनी भन्छिन्, “कलाकारहरुको हुबहु मिमिक्री गर्न धेरै अभ्यास गर्नुपर्छ । दुईदेखि तीन दिनसम्म म उहाँहरुको चलचित्र, अवार्ड शोमा गएको देखि उहाँहरुका सबै भिडियो दिनरात हेर्छु । मेरो बुबाले मलाई राम्रोसँग सिकाउनु भएको छ कि तिमी कलाकारको आत्मा कब्जा गर, उनीहरुको आत्मा बुझ्नसक्यौं भने तिमी उनीहरु जस्तै गर्न सक्नेछौ ।”

राति कसैको फोन आउँछ कि भनेर डर लाग्छ

जेमीले धेरै स्टेज शो र अवार्ड शोहरुमा थुपै कलाकारहरुको मिमिक्री गरेकी छिन् , तर के कुनै कलाकारले उनलाई फोन गरेर रिस देखाएका छन् त भन्ने कुरा जान्न सबैलाई मन हुन्छ । यसको जवाफमा जेमी भन्छिन्, “कलाकारहरुको मिमिक्री गर्ने समयमा उहाँहरुले बेलुका फोन गरेर किन हाम्रो नक्कल गरिरहेकी छौ भनेर सोध्ने हो कि भन्ने कुराले डर लाग्छ । त्यसैले यस्तो परिस्थिति नहोस् भनेर म प्रस्तुति दिनुअघि नै धेरै कुरामा ध्यान दिन्छु । जस्तै म कसैलाई चोट नपुर्‍याउँ, कसैको व्यक्तिगत जीवनबारे धेरै नबोलुँ र कसैप्रति नकारात्मक हमला नगरुँ भन्ने कुरामा ध्यान दिन्छु ।

 

 

उनी थप्छिन्, “बुबाले भन्नुभएको छ कि, कसैको नक्कल गर्दा यस्तो तरिकाले गर कि उसलाई पनि नराम्रो नलागोस् र उसले पनि तिम्रो कामलाई मनपराओस् । हाम्रा भारतीय दर्शक निकै संवेदनशील छन्, निकै भावुक हुन्छन् । यदि तिमीले कुनै कलाकारको मजाक उडायौ भने उनीहरु रिसाउनेछन् । त्यसैले यो कामलाई पूर्ण जिम्मेवारीका साथ निभाउन आवश्यक छ । 

जेमीले पक्कै पनि आफ्नो पहिचान बनाएकी छिन, यद्यपि अझै पनि उनलाई जोनी लिबर जस्तो प्रख्यात हुन वर्षौं काम गर्नुपर्ने हुन्छ । यो समयमा उनी आफ्नो बुबाको छविबाट पनि बाहिर निस्कनुपर्नेछ, जुन उसको अगाडि एउटा गाह्रो चुनौतीका रुपमा खडा भएको छ ।

(मधु पाल/बीबीसी)

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७  ०५:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC