अर्थ व्यवसाय
भारत । भारतमा यो वर्ष चिनी उत्पादन ७.३ प्रतिशत घटने अनुमान गरिएको छ ।
भारतीय सुगर मिल्स एसोसियसनले राष्ट्रिय चिनी उत्पादन २ करोड ५१ लाख टनबाट घट्र २ करोड ३२ लाख ६० हजार टनमा सिमित हुने प्रारम्भीक अनुमान गरेको छ ।
उत्पादन चिनीको भण्डारण पनि कम हुने भन्दै भारतले सुगर फिचर्स ट्रेडिङमा प्रतिवन्ध लगाउन सेक्युरिटीज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) लाई भनेको छ । यो वर्ष ऊखु बाली उत्पादनमा पनि ह्रास आउँदा यसको असर चिनीमा परेको अनुमान गरिएको छ । एजेन्सी
प्रकाशित मिति: बुधबार, साउन २६, २०७३ १८:४४
प्रतिक्रिया दिनुहोस्