site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
डीडीएलजेको २५ औं वसन्तमा शाहरुख र काजोलको ब्रोन्ज मूर्ति अनावरण गरिने
Sarbottam CementSarbottam Cement

मुम्बई । अभिनेता शाहरुख खान र अभिनेत्री काजोलको सुपरहिट चलचित्र ‘दिलवाले दुल्हनिया ले जायेंगे’को २५ औं वार्षिकोत्सवको उपलक्ष्यमा लण्डनको लेसेस्टर स्क्वायरमा काजोल र शाहरुखको ब्रोन्ज (कास्य) मूर्ति अनावरण गरिने छ । चलचित्रका चर्चित सिनमध्ये एक दृष्यमा भएका राज र सिमरनलाई मूर्तिमा उतारिने छ । 

काजोल र शाहरुखको चलचित्रका पात्रको मूर्ति अन्य चर्चित नौ अन्तर्राष्ट्रिय चलचित्रहरु, ह्यारी पोटर, ल्वरेल एण्ड हार्डी, बग्स बन्नी, मेरी पपिन्स, मिस्टर बीन, प्याडिंगटन, वन्डर वुमन, ब्याटम्यान र जीन केली इन सिंगिन इन द रेनको साथमा सजिने भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

हार्ट अफ लण्डन बिजनेस एलायन्सका डेस्टिनेसन बिजनेसका निर्देशक मार्क विलियम्सले यो खबरको पुष्टि गरेका छन् । 

निर्देशक मार्क भन्छन्,“अन्तराष्ट्रिय चलचित्रको शिर्षकमा शाहरुख र काजोललाई थप्न पाउँदा हामी निकै हर्षित छौं । ‘दिलवाले दुल्हनिया ले जायेंगे’ बलिउडको एक सफल र महत्वपूर्ण चलचित्र मध्ये एक हो । लेसेस्टर स्क्वायरमा खिचिएको पहिलो चलचित्रलाई यो यहाँ सामेल गराउन पाउँदा हामी उत्साहित पनि छौं ।”

Global Ime bank

उनी अगाडि थप्छन्,“यो मूर्ति बलिउडको विश्वव्यापी लोकप्रियता र सांस्कृतिक पुलको कामगर्ने चलचित्रको सम्मान स्वरुप सजाइने छ ।” सन् १९९५ अक्टोबर २० मा रिलिज भएको यस चलचित्रको निर्देशन आदित्य चोपडाले गरेका हुन् ।  - इन्डियन एक्सप्रेस
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७  १८:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC