site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
 सरकारले दसैं भत्ता नलिने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले यस वर्षको दसैं भत्ता नलिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीसहित सम्पूर्ण मन्त्रीहरुले यस वर्षको दसैं भत्ता नलिने निर्णय गरेको हो । 

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद् बैठकले यस वर्षको दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरिएको जानकारी दिए ।  

Prabhu Bank
Agni Group
NIC Asia

“यस वर्षको दसै खर्चवापत प्राप्त रकम कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण तथा उपचार कोषमा उपलब्ध गराइ यस रोगको नियन्त्रण र रोकथाम, उपचारमा सघाउ पुर्‍याउने निर्णय भएको छ,” मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उनले भने । 

सरकारले प्रदेश र स्थानीय तहका पदाधिकारीहरुलाई पनि यस वर्षको दसैं भत्ता नलिन र कोरोना नियन्त्रण कोषमा जमा गर्न आग्रह गरेको छ । 

Global Ime bank

“प्रदेश र स्थानीय तहका पदाधिकारीहरुबाट पनि नेपाल सरकार मन्त्रिपरिषद्ले गरेको निर्णयको मर्म अनुसार यस वर्षको दसैं खर्च कोरोना कोषमा जम्मा गर्ने व्यवस्था हुन हार्दिक आग्रह गर्न चाहन्छु,” प्रवक्ता गुरुङले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७  १८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC