site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मन्त्रिपरिषद् पुनर्गठनमा प्रचण्डको आपत्ति - सचिवालय र स्थायी कमिटी बैठकको म्यान्डेट अनुरुप भएन
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनप्रति गम्भीर असहमति व्यक्त गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् १२ औंपटक पुनर्गठन गर्दै अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेललाई दिएका थिए । त्यस्तै सहरी विकासमन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा लीला श्रेष्ठलाई जिम्मेवारी दिएका थिए । रक्षामन्त्री ईश्वर पोखरेलको जिम्मेवारी हेरफेर गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने जिम्मा दिएका थिए । सञ्चार तथा सूचना प्रविधिको जिम्मेवारी पार्वत गुरुङलाई दिइएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

यसप्रति प्रचण्डले आपत्ति जनाएका हुन् । “अध्यक्ष प्रचण्डको मन्त्रिपरिषद् पुनर्गठनप्रति पूर्णतः असहमति रहेको छ । स्थायी कमिटी र सचिवालय बैठकको म्यान्डेटअनुसार भएन भन्ने उहाँको कुरा छ,” प्रचण्डनिकट स्रोतले बाह्रखरीसँग भन्यो ।

बुधबार दुई अध्यक्षको बालुवाटारमा भेटवार्ता भएको थियो । भेटमा कर्णाली प्रदेशको विवाद सल्ट्याउने विषयमा मात्रै कुरा भएको स्रोतको जिकिर छ ।

Global Ime bank

फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २८, २०७७  १९:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC