site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
प्रक्रियामै अड्कियो पैंचो ल्याउने भनिएको मल
Sarbottam CementSarbottam Cement

काठमाडौं । बंगलादेशबाट पैंचोमा ल्याउने भनिएको ५० टन युरिया मल अझै प्रक्रियामै अड्किएको छ । गत भदौ १६ गते नेपालले बंगलादेशसँग ५० हजार टन युरिया मल पैंचो मागेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी समकक्षी सेख हसिनासँग टेलिफोन संवाद गर्दै ५० हजार टन युरिया मल पठाइदिन आग्रह गरेका थिए । बंगलादेशले पनि ५० हजार टन मल दिने आश्‍वासन दिएको थियो । त्यसपछि नेपालले उक्त युरिया मल ल्याउन टेन्डर आह्‍वान गरेर पनि आयातकर्ता छनोट गरिसकेको छ । 

तर, बंगलादेशले एउटा 'मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ' (एमओयू) गर्न चाहेकाले मल ल्याउन ढिलाइ भएको कृषि विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले मल ल्याउन प्रक्रिया चलिरहेको बताए । उनका अनुसार कागजी प्रक्रियाका कारण मल ल्याउने समय लम्बिएको हो । यद्यपि उनले बंगलादेशले पठाएको एमओयूको ड्राफ्टमा केही हेरफेर गरेर सरकारले बंगलादेश पठाइसकेको र छिट्टै प्रक्रियाले मूर्तरुप पाउने बताए । “नेपाल र बंगलादेशमा एउटा एमओयूमा हस्ताक्षर हुनुपर्ने, त्यो भएको छैन । बंगलादेशले सम्झौताका लागि ड्राफ्ट पठाएको थियो । त्यसमा केही सच्चाएर हामीले पठाइसकेका छौं । सम्भवतः यो हप्ताभित्र प्रक्रियागत रुपमा टुंगिएला । त्यसपछि आउने क्रम सुरु हुन्छ,” उनले भने ।  

Prabhu Bank
Agni Group
NIC Asia

सम्झौताको पाटो टुंगिएपछिको १५ दिनभित्र मल आउन सुरु हुने मन्त्रालयले जनाएको छ । “५० हजार टन मल आउन दुई महिना लाग्छ । कागजी काम नटुंगिएसम्म प्याकेजिङ गर्ने, ढुवानी गर्ने काम सुरु भएन,” उनले भने, “कागजी प्रक्रिया टुंगिएको १५ दिनभित्र मल आउन सुरु हुन्छ ।” उनले नेपालको तर्फबाट गर्नुपर्ने सबै प्रक्रिया सकिएको बताए । "हाम्रो तर्फबाट सबै प्रक्रिया सकिएको थियो । उनीहरुले चट्गाउँबाट लैजाने भनेपछि हामीले टेन्डर आह्‍वान गरेर पनि टुंग्याइसक्यौं," उनले भने । 

बंगलादेशले मलको परिमाण र फिर्ता गर्ने विषयमा एमओयू गर्न खोजेको हो । यसबारेमा सुरुवाती समयमा छलफल नभए पनि पछि बंगलादेशले उक्त सम्झौता गर्न चाहेकाले प्रक्रिया लम्बिएको दाबी मन्त्रालयको छ । “हाम्रो तयारी सबै पूरा भएको छ । हाम्रा तर्फबाट पठाउनुपर्ने सबै पठाइसकेका छौं । मन्त्रालयले बंगलादेशसँग गर्ने सम्झौताको मस्यौदा पठाएको छ,” उनले भने, “अहिले त यो प्रक्रिया अगाडि बढेको छ, सम्भवतः यो साता केही होला ।”

Global Ime bank

कृषि सामग्री कम्पनी लिमिटेडले टेन्डरबाट मल ल्याउने जिम्मा युनाइटेड अरब इमिरेट्सको जेन्टेड यूएई कम्पनीलाई दिइसकेको छ । कम्पनीका प्रवक्ता विष्णुप्रसाद पोखरेलले मल लिन आउनू भन्‍नेबित्तिकै बोक्न तयारी अवस्थामा बसेको बताए । उनका अनुसार मल ल्याउने जिम्मा पाएको कम्पनीले बोरा प्रिन्टिङ गर्ने काम गरिरहेको छ । “नेपाल सरकार र बंगलादेश सरकारबीच एउटा सम्झौता हुन बाँकी छ । त्यो हुनेबित्तिकै हामी सामान लोड गर्न तयार छौं । सामान लोड गरेको एक सातामा मल आइपुग्छ,” उनले भने । 

मन्त्रालयले यो सिजनका लागि करिब एक लाख ५० हजार टन युरिया मल आवश्यक पर्ने र नपुग ५० हजार टन बंगलादेशसँग पैंचोमा मागेको हो । नेपाल बंगलादेशबाट ल्याउने मल सोही प्रक्रियाअनुसारै अन्य देशबाट किनेर बंगलादेशलाई दिनेछ । 

गहुँ, तरकारी र तोरी रोप्‍ने मौसममा मलको चरम अभाव हुने देखेपछि नेपालले बंगलादेशसँग युरिया मल सापटी मागेको हो । भदौ १६ गते कृषि विकासमन्त्री घनश्याम भुसालले दुई महिनाभित्र बंगलादेशबाट मल आउने बताएका थिए । मन्त्रालयले यसअघि रासायनिक मल भित्र्याउन ठेक्का पाएर पनि मल नल्याएका ठेकेदार शारदाप्रसाद अधिकारीको सैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टिपललाई कारबाही गरिसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७  १६:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC