site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
जारको पानीको मूल्य पहिलेकै कायम गर्न व्यवसायी तयार
Sarbottam CementSarbottam Cement

काठमाडौं । जारको प्रशोधित पिउने पानीको पुरानै मूल्य कायम गराउन व्यवसायी सहमत भएका छन् । नेपाल बोटलर्स वाटर एसोसिएसनले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग पुरानै मूल्यमा बेच्‍ने लिखित सहमति नै गरेको छ । पानीको मूल्य बढाउने निर्णय फिर्ता नलिए पक्राउ गर्ने विभागको चेतावनीपछि पुरानै मूल्य कायम गर्न लिखित प्रतिबद्धता जनाएको विभागका निर्देशक एवं सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।

उपभोक्ता एवं खुद्रा विक्रेताबाट जारको पानीको मूल्य बढाइएको भन्‍ने गुनासो आएपछि तत्काल पुरानै मूल्य कायम गराउन विभागले निर्देशन दिएको नभए कारबाहीको चेतावनी पनि उक्त लिखित प्रतिबद्धता व्यवसायीले गरेको आचार्यले बताए । उनले व्यवसायीले गरेको प्रतिबद्धता कार्यान्वयनमा लगेको वा नलगेको बजार अनुगमन पनि गर्ने र बढी मूल्यमा बेचेको पत्ता लागे कारबाही गर्ने चेतावनी विभागले दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“मूल्य बढेको विषयमा सोधपुछ गर्न विभागले व्यवसायीलाई बोलाएको थियो । कानुनअनुसार सरकारले पक्राउ गरेर थुन्‍ने हो वा मूल्य घटाउने हो भनेपछि उनीहरु पुरानै मूल्य कायम गर्न सहमत भएका छन्,” उनले भने । संघले विभागसँग सम्झौताअनुरुप सार्वजनिक सूचना प्रकाशित गर्ने र पुरानै मूल्यमा जारको पानी बेच्‍न लगाउने सहमति पनि गरेको उनले बताए ।

संघले वाणिज्य विभागसँगको सहमति रहेको भन्दै केही दिनअघिदेखि नेपाल जारको पिउने पानीको मूल्य बढाएको थियो । बजारमा २५ रुपैयाँ प्रतिजारदेखि ४० रुपैयाँमा बिक्री भइरहेको पानीको अधिकतम् खुद्रा बिक्री मूल्य ५० रुपैयाँ तोकिएपछि उपभोक्ता मारमा परेका थिए ।

Global Ime bank

-फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC