site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
प्रचण्डको सचिवालयले भन्यो- कर्णाली प्रदेशमा देखिएको अराजनीतिक गतिविधि असफल भयो
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली प्रदेशमा देखिएको अराजनीतिक गतिविधि अन्ततः असफल भएको बताएको छ ।

सचिवालयमा रहेकी प्रचण्डपुत्री गंगा दाहालले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै नेतृत्वले देखेको एकताको सपना साकार पार्ने सबैलाई धन्यवाद पनि दिएकी छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आइतबार प्रदेशसभाका १८ सदस्यले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । प्रदेश संसदीय दलका बहुमत सदस्यहरूले अविश्वासको प्रस्ताव दर्ता गरेपछि शाही अप्ठ्यारोमा परेका थिए ।

माधव नेपाल समूहलाई तीन मन्त्री र एक सचेत दिनेगरी सहमति जुटेपछि शाहीको पद थमौती भएको छ । यो सँगै कर्णाली प्रदेशमा देखिएको अराजनीतिक गतिविधि अन्त्य भएको दाहालले बताएकी हुन् ।

Global Ime bank

“कर्णाली प्रदेशमा देखिएको एक अराजनीतिक गतिविधि अन्ततः असफल भएको छ । पार्टी एकताका लागि नेतृत्वले देखेको सपना साकार पार्न सकारात्मक भूमिका खेल्नुहुने सम्पूर्ण कमरेडहरूलाई बधाई छ,” उनले लेखेकी छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७  १५:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC