site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जातीय भेदभावविरुद्धको आन्दोलन

संविधानमा जातीय विभेद उन्मूलनको घोषणा भएको लामो समय भए पनि व्यवहार भने परिवर्तन हुनसकेको छैन । प्राचीनकालमा पेसागत रूपमा मानिसहरूलाई विभिन्न जातजातिमा वर्गीकरण गरियो । पछि सोहीअनुसार व्यवहार गर्न थालियो । समयको परिवर्तनसँगै सुन पसललाई ज्वेलरी, सिलाइ पसललाई सुटिङसर्टिङ, जुत्ता पसललाई सुहाउस, भाँडाकुँडा पसललाई किचन वेयरलगायत नामाकरण गरियो । जुनसुकै जातका मानिसले जुनसुकै पेसा र व्यवसाय गर्न थाले । फलस्वरूप पेसागतरूपमा समानता आयो ।  यसपछि त पेसाकै कारण भइरहेको जातीय विभेद अन्त्य हुने विश्वास गरियो । तर,  पेसागतरूपमा समान भए पनि जातीय आधारमा विभेद गर्न बन्द भएन । यसैले समस्या पेसा वा व्यवसायमा नभएर मानसिकतामा रहेछ भन्ने स्पष्ट हुन्छ । यो डरलाग्दो अवस्था हो । 

सामाजिक सञ्जालमा बेलाबेला हुने रोचक टिप्पणी — “सुनको सिक्री लगाएर आएको दलितले छात्रवृत्ति पाउँदा कापीकलमसमेत किन्न नसक्ने उसको साथीले पाएन ।’’ हो ! यसमा केही सत्य छ । तर, हामीले यस प्रसंगमा एउटा कटु वास्तविकता नियाल्न सक्नुपर्छ । सिक्री लगाएको होस् या सुनकै थालमा खाने होस् उसले जातकै आधारमा विभेद भोग्नु भने परेकै छ । एक दिनको असमान व्यवहारले मन दुखाउने हाम्रो समाजले शताब्दीयौंदेखिको विभेद किन देखिँदैन ?

Prabhu Bank
Agni Group
NIC Asia

सबै गरिब दलित होइनन् भने सबै दलित गरिब छैनन् । त्यसैले जातीय आधारमा नभई वर्गीय आधारमा आरक्षण हुनुपर्छ भन्ने पनि सुनिन्छ । वर्गीय विभेद आर्थिक पक्षसँग जोडिएको छ । त्यसैले गरिबी निवारणको लागि राज्यले विभिन्न आर्थिक कार्यक्रम प्रभावकारी रूपमा संचालन गरी रोजगारी सृजना गर्न सकेमा निर्मूल हुन्छ । तर, जातीय विभेद सामाजिक आर्थिकरूपमा सबल भइसकेका प्रतिष्ठित व्यक्तिहरूसमेतले भोग्नुपरेको छ भने सामान्य नागरिकको के कुरा ? त्यसैले जातीय विभेद आर्थिक पक्षलाई मात्रै नभई समाजिक, राजनीतिक र मनोवैज्ञानिक पक्षसँग जोडिएको छ । समावेशी आधारमा गरिने नियुक्ति आर्थिक सबलताको लागि नभई आमूल परिवर्तनको लागि अपरिहार्य हुन्छ । 

युवापिँढीको गुनासो छ मैले जातीय विभेद गर्दिन भने समावेशिता किन मान्नु ? हिजोको पुस्ताले गरेको गल्तीको सजाय मलाई किन ?

Global Ime bank

पहिलो त, आफ्ना नागरिकलाई सकेसम्म समान हैसियतमा राख्नु राज्यको दायित्व हो । सामाजिक न्यायको सिद्धान्त पनि हो — वञ्चितलाई अवसर प्रदान गर्नु । दोस्रो, प्रशासनिक क्षेत्रमा अझै पनि पुरातनवादी सोच भएका व्यक्तिको प्रभुत्व छ । यसैले गर्दा जातीय विभेदविरूद्ध निवेदन दर्ता गर्न नमान्ने, मेलमिलाप गर्न दबाब दिने र पहुँचका आडमा मुद्दा कम्जोर बनाई न्यायको घाँटी निमोठी दिनेजस्ता गम्भीर कार्यहरू निरन्तर भइरहेका छन् । यस्ता डरलाग्दा बेथिति रोक्न आरक्षणको अपरिहार्यता मनन गरेरै समान पहुँचका लागि यो व्यवस्था गरिएको हो ।

कुनै पनि जातमा जन्म पूर्वजन्ममा कुनै महत्त्वपूर्ण कर्म वा कुनै कुकर्म गरेबापत हुने विषय होइन । यो त केही व्यक्तिले आफू अनुकुल हुनेगरी बनाएको कुप्रथामात्र हो ।

असमानताविरूद्ध पहल गर्ने महत्त्वपूर्ण अवसर आएको छ । आजको पुस्ताले म विभेद गर्दिन भन्नुमात्रै पर्याप्त हुँदैन । हिजोको पुस्ताले गरेको गलत कार्यलाई सच्याएर भोलि विभेद हुन नदिने प्रतिबद्धता पनि जरूरी छ । यसलाई अवसरको रूपमा लिएर आआफ्नो ठाउँबाट दरिलो पहल गरौँ । भोलिका पुस्तालाई भन्न सकियोस् — हाम्रो पुस्ताले शताब्दीयौंदेखि चलिआएको जातीय विभेद उन्मूलन गरी सुसंस्कृत र समावेशी राज्य निर्माण ग¥यौँ ! 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७  ०८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC