site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मन्त्रिमण्डलको भागबण्डा छोडेर संकटबारे छलफल गर्न प्रधानमन्त्रीलाई गगन थापाको आग्रह 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिमण्डल भागबण्डा छाडेर संकटका बारेमा छलफल गर्न सुझाएका छन् ।

कोरोना भाइरसको संक्रमण देखिएका नेता थापाले बिहीबार बेलुकी होम आइसोलेसनबाटै प्रधानमन्त्री ओलीलाई मन्त्रिमण्डल भागबण्डा छाडेर संकटका बारेमा छलफल गर्न सुझाएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

देशमा दिनानुदिन कोरोनाको महामारी बढ्दै जाँदा पनि प्रधानमन्त्रीको प्राथमिकतामा महामारी नपरेको उनको आरोप छ ।

“योबेला पनि तपाईंको प्राथमिकतामा महामारी छैन । अहिले मन्त्रिमण्डल भागबण्डाबारे होइन, संकटबारे छलफल गर्नुस्,” थापाले फेसबुकमार्फत ओलीलाई सुझाव दिएका छन्, “बेहोस भएमात्र अस्पताल जाऊ भन्ने विज्ञ होइन, वास्तविक विज्ञ र अग्रपंक्तिमा खटिएकाका कुरा सुन्नुस् । कोभिड विरुद्धको लडाइँमा तपाईंलाई साथ दिन चाहान्छौं तर केही त गर्नुस् प्रमज्यू !”

Global Ime bank

देशमा अहिले सिर्जना भएको अवस्था आउन नदिन पूर्वतयारीका लागि पटकपटक सरकारलाई आग्रह गरेको स्मरण गर्दै उनले प्रधानमन्त्री ओलीकै कारण अहिलेको अवस्था सिर्जना भएको दाबीसमेत गरेका छन् ।

“यो अवस्था आउन नदिन पूर्व तयारी गरौं, यसरी गर्न सकिन्छ भनेर प्रधानमन्त्रीज्यूलाई पटकपटक नभनेको होइन तर प्रमलाई यस्तो कुरा सोच्ने फुर्सद भएन,” उनले लेखेका छन्, “समय, स्रोत, सहयोग सबै थियो तर तपाईँको सोच र शैलीको कारण जटिल अवस्थामा पुगेका छौं । टार्न सकिने अवस्थाबाट चिर्नै नसक्ने जस्तो अवस्थामा पुगेका छौं ।”    

फाइल तस्बिर ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २२, २०७७  १७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC