site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओली-प्रचण्डबीच बालुवाटारमा छलफल, एकताले अझै पाएन पूर्णता
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सकिएको छ । आजको भेटमा दुई अध्यक्षबीच पार्टी एकतालाई पूर्णता दिने विषयमा सघन छलफल भए पनि निष्कर्ष भने ननिस्किएको प्रचण्ड स्रोतले जानकारी दियो । आजको भेटमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए । तीन नेताबीच छलफल गर्दै जाने र एकताका बाँकी काम सक्ने सन्दर्भमा ठोस निष्कर्षमा पुग्ने समझदारी भएको स्रोतको दाबी छ ।

बिहान ११:४० बजेबाट सुरु भएको भेटवार्तामा मन्त्रिपरिषद् पुनर्गठन र राजदूत नियुक्तिको विषयमा पनि छलफल भएको थियो । ती विषयमा पनि दुई अध्यक्ष निष्कर्षमा पुग्न नसकेको बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

गत असोज ६ गते बसेको सचिवालय बैठकले एकताको बाँकी काम टुंग्याउन प्रस्ताव तयार पार्ने जिम्मा अध्यक्षद्वय र महासचिवलाई दिएको थियो । त्यस्तै भदौ २६ गते सकिएको स्थायी कमिटी बैठकले असोज महिनाभित्र एकतलाई पूर्णता दिने निर्णय गरेको थियो ।

तर, अध्यक्षद्वयले अहिलेसम्म प्रस्ताव तयार पार्न सकेका छैनन् । नेकपामा जनसंगठनहरू, पाँचवटा निकाय, ३२ विभागसहित एक नीति प्रतिष्ठान, प्रवास समन्वय र विशेष जिल्ला कमिटीले पूर्णता पाउन बाँकी छ ।

Global Ime bank

-फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २२, २०७७  १५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC